Flag

An official website of the United States government

eCRBA बारे बारम्बार सोधिने प्रश्‍नहरू

१. eCRBA के हो ?
२. eCRBA ले मलाई के प्रभाव पार्छ ?
३. केeCRBA सुरक्षित छ ?
४. eCRBA प्रयोग गर्न को योग्य हुन्छ ?
५. मैले चाहेको खण्डमाCRBA को लागि के म अझै पनि कागजी आवेदन पेस गर्न सक्छु ?
६. eCRBA ले कसरी काम गर्छ ?
७. “MyTravelGov” अकाउन्ट भनेको के हो ?
८. eCRBA को लागि आवेदन दिन मलाई कुन-कुन कागजात आवश्यक हुन्छन् ?
९. eCRBA मा फोटो अपलोड र कागजात अट्याच कसरी गर्ने ?
१०. कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड(CRBA) लिन विदेशमा भएको मेरो जन्म वा मेरो बच्चाको जन्मबारे रिपोर्ट गर्ने समयसीमा हुन्छ ?
११. eCRBA कोPhysical Presence खण्ड कसरी भर्ने ?
१२. eCRBA मा फोटो अपलोड र कागजात अट्याच कसरी गर्ने ?
१३. eCRBA को नक्कल प्रतिका लागि के मeCRBA प्रणालीमार्फत अनुरोध गर्न सक्छु ?
१४. के मeCRBA आवेदनमार्फत सोसल सेक्युरिटी नम्बर र पासपोर्टको लागि आवेदन दिन सक्छु ?
१५. CRBA को पुनः प्राप्‍ति वासंशोधन म कसरी गर्न सक्छु ?
१६. eCRBA प्रयोग गर्न मेरो कम्प्युटर सिस्टममा के-के आवश्यक हुन्छन् ?
१७. मसँग घरमा कम्प्युटर वा इन्टरनेट नभएमा के गर्ने ?
१८. भुक्तानी गर्ने तरिकाहरू के-के छन् ?
१९. भुक्तानीको तरिका कति सुरक्षित छ ?
२०. यदिमसँग अमेरिकी बैङ्क खाता वा क्रेडिट कार्ड छैन भने के गर्ने ?
२१. अनलाइन भुक्तानी गर्नमा समस्या आए के गर्ने ?
२२. मेरोeCRBA प्राप्‍त भएको कुरा म कसरी थाहा पाउन सक्छु ?
२३. eCRBA सम्बन्धी जानकारी पेस गरिसकेपछि म त्यसमा परिवर्तन कसरी गर्न सक्छु ?
२४. अनलाइन माध्यमबाटअपोइन्टमेन्टको लागि समय निर्धारण कसरी गर्ने ?
२५. के म मेरो बच्चाको पासपोर्ट रCRBA को लागि एउटै अपोइन्टमेन्ट लिन सक्छु ?
२६.  मेरो अपोइन्टमेन्ट रद्द वा अपोइन्टमेन्टको समय पुनः निर्धारणकसरी गर्न सक्छु ?
२७. यदि थप प्रश्‍न छन् भने म कसलाई सम्पर्क गर्न सक्छु ?

१. eCRBA के हो ?
eCRBA अमेरिकी विदेश मन्त्रालयको कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (CRBA) सम्बन्धी नयाँ अनलाइन आवेदन हो । eCRBA मा कुनै थप जानकारी वा प्रक्रिया आवश्यक पर्दैन – आवेदकहरूले यसमा कागजी (paper-based) आवेदनकै जस्तो जानकारी प्रविष्‍ट गर्दछन् । यद्यपि, आवेदनको यो नयाँ तरिकाबाट तपाईँ अनलाइन माध्यममा नै आफ्नो डाटा प्रविष्‍ट गर्न, आवश्यक कागजात अपलोड गर्न, शुल्क तिर्न र अपोइन्टमेन्ट लिन सक्नुहुन्छ । त्यसका साथै, तपाईँले आफ्नो आवेदनको स्थितिबारे अनलाइन माध्यमबाट जानकारी लिन पनि सक्नुहुन्छ ।

२. eCRBA ले मलाई के प्रभाव पार्छ ?
कागजमा आधारित प्रक्रिया चलाउनु भन्दा आफ्नो आवेदन इलेक्ट्रोनिक रूपमा पेस गर्नु बढी छरितो हुन्छ । यसले तपाईँलाई एउटै सुविधाजनक अनलाइन स्थानबाट आफ्ना कागजात अपलोड गर्न, शुल्क तिर्न र अपोइन्टमेन्टको समय निर्धारण गर्न दिएर समयको बचत गर्दछ । साथै, यो बढी पारदर्शी छ किनकि यसमा तपाईँ कुनै पनि समयमा आफ्नो आवेदनको अवस्थाबारे जानकारी लिन सक्नुहुन्छ ।

३. केeCRBA सुरक्षित छ ?
छ । अमेरिकी विदेश मन्त्रालयद्वारा प्रदान गरिने सबै सेवामा सुरक्षा एउटा महत्त्वपूर्ण प्राथमिकता हो । इलेक्ट्रोनिक प्रक्रिया सञ्चालन धेरै सुरक्षित हुन्छ र यसको डिजाइन र विकासको प्रत्येक चरणमा सुरक्षासम्बन्धी कडा उपायहरूसहित यसको निर्माण गरिएको हुन्छ । केवल आधिकारिक प्रयोगकर्ताहरू अनलाइन CRBA आवेदन र सहयोगी कागजातमा पहुँच पाउन सक्षम हुन्छन् ।

४. eCRBA प्रयोग गर्न को योग्य ?
यदि तपाईँले निम्‍नलिखित मापदण्ड पूरा गर्नुहुन्छ भने eCRBA प्रयोग गर्न सक्नुहुन्छ :

  • विदेशमा जन्मिएको बच्चा अनिवार्य रूपमा १८ वर्षभन्दा कम उमेरको हुनुपर्दछ ।
  • उक्त बच्चाको जन्मको समयमा निजका आमाबाबुमध्ये कम्तीमा एक जना अमेरिकी नागरिक अथवा गैर-नागरिक अमेरिकी रहेको हुनुपर्दछ ।
  • उक्त बच्चाका जैविक आमाबाबु, कानुनी अभिभावक वा बच्चा आफैँले आवेदन दिने हुनुपर्छ । कुनै तेस्रो पक्षीय आवेदक वा सहजकर्ताले eCRBA प्रयोग गर्न मिल्दैन ।
  • आवेदकले क्रेडिट कार्ड वा अमेरिकी बैङ्क खाता प्रयोग गरी अमेरिकी सरकारको आधिकारिक वेबसाइट gov मा अनलाइन माध्यमबाट भुक्तानी गर्न सक्दछन् ।
  • आवेदकले बच्चाको जन्म भएको (enter post name) कन्सुलर इलाकामा आवेदन दिँदै छन् ।

५. मैले चाहेको खण्डमाCRBA को लागि के म अझै पनि कागजी आवेदन पेस गर्न सक्छु ?
हो, तपाईँले अझै पनि कागजी आवेदन (DS-2029) भर्न सक्नुहुन्छ ।

६. eCRBA ले कसरी काम गर्छ ?
तपाईँले सुरुमा MyTravelGov अकाउन्ट खोल्नुहुनेछ । उक्त अकाउन्ट खोलेपछि eCRBA आवेदन बनाउन सक्नुहुन्छ जसले तपाईँलाई अनलाइन माध्यमबाट आवेदन पूरा भयो भन्ने सुनिश्‍चित गर्न सहयोगी कागजात अपलोड गर्ने लगायत आवेदन दिने प्रक्रियाबारे एक-एक कदम गर्दै सिकाउनेछ । आवेदन पूरा भएपछि तपाईँले eCRBA शुल्क अनलाइन माध्यमबाट तिर्नुपर्छ । उक्त भुक्तानी पूरा भएपछि तपाईँलाई काठमाडौँस्थित अमेरिकी दूतावासमा भौतिक उपस्थितिसहितको अन्तर्वार्ताको समय तय गर्न भनिनेछ । भौतिक उपस्थितिसहितको उक्त अन्तर्वार्तामा तपाईँले आफ्नो बच्चा र सबै सहयोगी कागजातको सक्कल प्रति अनिवार्य रूपमा ल्याउनुपर्छ । उक्त अन्तर्वार्तामा कन्सुलर अधिकारीले तपाईँको अन्तर्वार्ता लिई उपलब्ध जानकारी रुजु गर्ने, सक्कल कागजात हेर्ने र आवेदनको स्वीकृतिसम्बन्धी निर्णय लिने कार्य गर्नेछन् ।

७. “MyTravelGov” अकाउन्ट भनेको के हो ?
“MyTravelGov” अकाउन्ट एउटा अनलाइन खाता हो जसको प्रयोग आवेदकहरूले कन्सुलर सेवा लिनको लागि गर्न सक्छन् । eCRBA आवेदन प्रयोग गर्न तपाईँले MyTravelGov अकाउन्ट बनाउनु अनिवार्य छ । MyTravelGov  पोर्टल यहाँ पाउन सक्नुहुन्छ : (MyTravelGov | Department of State)

८. eCRBA को लागि आवेदन दिन मलाई कुन-कुन कागजात आवश्यक हुन्छन् ?
eCRBA आवेदनले तपाईँलाई यसको प्रक्रियाबारे सिकाउनुका साथै कुन-कुन कागजात पेस गर्ने र कुन किसिमका कागजात स्वीकार्य हुन्छन् भन्ने बुझ्‍न पनि मद्दत गर्नेछ । तपाईँले निम्‍नलिखित विषय दर्साउने सहयोगी कागजात उपलब्ध गराउनुपर्छ :

  • बच्चाको जन्मसम्बन्धी रेकर्ड
  • बच्चा र आमाबाबुबिचको जैविक सम्बन्धको प्रमाण
  • राष्‍ट्रियता प्रसार गर्ने आमा, बाबु वा दुवैको अमेरिकी राष्‍ट्रियताको प्रमाण (सामान्यतया, अमेरिकी पासपोर्ट वा जन्म प्रमाणपत्र)
  • आमाबाबुका परिचयपत्र
  • आमाबाबुका विवाहहरूको प्रमाण र/वा मृत्यु वा पारपाचुकेद्वारा विवाह समाप्‍त भएको प्रमाण
  • कानुनी सम्बन्ध र आर्थिक सहाराको प्रमाण (केही केस विशेषमा मात्र)
  • बच्चाको जन्मपूर्व अमेरिका, यसका बाह्य भूभाग अथवा योग्य विदेशस्थित अमेरिकी सरकारी सेवा स्थलमा बसोबास र भौतिक उपस्थिति

eCRBA आवेदनको प्रत्येक खण्डमा तपाईँले कागजात स्क्यान, सेभ र अपलोड गर्न सक्नुहुन्छ । तपाईँले सक्कल कागजात भौतिक उपस्थितिसहितको अन्तर्वार्तामा ल्याउनुपर्छ जहाँ कन्सुलर अधिकारीले ती सबैको आधिकारिकता जाँच गर्नेछन् ।

९. कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड(CRBA) लिन विदेशमा भएको मेरो जन्म वा मेरो बच्चाको जन्मबारे रिपोर्ट गर्ने समयसीमा हुन्छ ?
हुन्छ । हाल, अमेरिकी नागरिकको जन्म विदेशमा भएको कुरा उक्त बच्चा १८ वर्ष पुग्‍नु अगावै अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा रिपोर्ट गर्नु अनिवार्य छ । सन् १९९० को नोभेम्बरअघि, अमेरिकी दूतावास वा वाणिज्य दूतावासले कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड बच्चा ५ वर्ष पुग्‍नु अगावै जारी गरिसकेको हुनुपर्ने थियो ।

१०. eCRBA कोभौतिक उपस्थिति (Physical Presence) खण्ड कसरी भर्ने ?
भौतिक उपस्थिति (Physical Presence) खण्ड eCRBA फारामको सबैभन्दा जटिल खण्ड हो । तपाईँले आफू अमेरिकामा भौतिक रूपमा उपस्थित भएको सबै मितिको सूची बनाउनुपर्छ । नागरिकता प्रसार गर्न लागेका अमेरिकी नागरिक आमा वा बाबुले आफू अमेरिकामा भौतिक रूपमा उपस्थित भएको सबै मितिहरू लेख्‍नुपर्छ । यसको मतलब तपाईँले अमेरिका छोडेर एक दिन मात्र पनि छुट्टी मनाउन क्यानडा, मेक्सिको अथवा अमेरिका र यसका बाह्य भूभागबाहिरको कुनै पनि ठाउँ जानुभएको छ भने त्यो मिति उक्त सूचीमा समावेश गर्नुहुँदैन ।

यस फारामको भौतिक उपस्थिति खण्ड पूरा गर्नेसम्बन्धी सुझाव तथा उपायहरू यस प्रकार छन् :

  • अमेरिकी नागरिक आमाबाबुले अमेरिकामा आफ्नो सम्पूर्ण भौतिक उपस्थिति समावेश गर्नुपर्छ, चाहे त्यो आफू अमेरिकी नागरिक बन्नुभन्दा अघिको नै किन नहोस् । यसमा अमेरिकामा वैध स्थायी बासिन्दा (ग्रिन कार्ड वाहक), B1/B2 पर्यटक, F1 विद्यार्थी , J1 इन्टर्न आदिका रूपमा भएको भौतिक उपस्थिति समावेश हुन सक्छन् । अमेरिकामा कुनै हैसियतबिना नै बिताएको समय पनि यसमा समावेश हुन्छ ।
  • मितिहरू पक्का गर्न विगतका र हालका पासपोर्टमा भएका पासपोर्ट छापहरू, विगतका हवाई टिकटहरू, यात्रा तालिकाहरू वा बुकिङहरूको प्रयोग गर्नुहोस् ।
  • यो याद राख्‍नु महत्त्वपूर्ण छ कि तपाईँले आफू अमेरिकामा भौतिक रूपमा उपस्थित भएको समय मात्र समावेश गर्नुपर्छ । यदि तपाईँले विदेशमा ५ वर्ष बिताउनुभएको छ भने तपाईँको समयरेखामा तपाईँले अमेरिका छोडेको र तपाईँ अमेरिकामा फर्किएको समयबिच ५ वर्षको खाडल हुनेछ ।
    • उदाहरणको लागि, यदि तपाईँ आफ्नो गृह राज्यमा जन्मिनु र हुर्किनुभएको हो र तपाईँले सन् २०१० को आफ्नो स्प्रिङ सेमेस्टरमा मात्र विदेशमा अध्ययन गर्नुभएको हो भने तपाईँले आफ्नो भौतिक उपस्थिति यस प्रकार सूचिबद्ध गर्नुहुनेछ :
      • सहर, राज्य जन्म मिति – तपाईँ अमेरिकाबाहिर गएको मिति
      • सहर, राज्य तपाईँ अमेरिकामा फर्किएको मिति – पुनः अमेरिकाबाहिर गएको मिति

अमेरिकामा जन्मेहुर्केका अमेरिकी आमाबाबुका लागि थप सुझाव :

  • आफ्नो जन्म मितिबाट सुरु गर्नुहोस् र मितिहरू समयको क्रमअनुसार सूचीबद्ध गर्नुहोस्।
  • यदि तपाईँले आफ्नो जीवनमा धेरै पटक बसाइसराइ गर्नुभएको छ भने, तपाईँ नयाँ सहरमा सर्नुभएको समय लेख्‍नुहोस्। एउटै सहरभित्रको सराइलाई छुट्टै लाइन दिनु हुँदैन।
  • आफू सानो हुँदा गरेका विदेश यात्राका ठिक मितिहरू तपाईँलाई यादछैनन् भने पनि केही छैन । कम्तीमा आफूले अमेरिका छोडेको र अमेरिकामा फर्किएको महिना/वर्ष समावेश गर्ने प्रयास गर्नुहोस् । आफ्ना पुराना पासपोर्टहरूमा भएका प्रवेश र बहिर्गमन छापहरू हेर्नुहोला ।
  • हाई स्कुल वा कलेजमा हुँदा तपाईँ वैदेशिक शिक्षा कार्यक्रममा सहभागी हुनुभएको वा गर्मी/जाडोको बिदामा विदेशमा छुट्टी मनाउन जानुभएको थियो कि ?

अमेरिकाबाहिर जन्मेहुर्केका अमेरिकी आमाबाबुका लागि थप सुझाव :

  • आफू अमेरिका प्रवेश गरेको पहिलो मितिबाट सुरु गर्नुहोस् र मितिहरू समयको क्रमअनुसार सूचीबद्ध गर्नुहोस्।
  • यदि अमेरिकामा हुँदा धेरै पटक बसाइसराइ गर्नुभएको छ भनेतपाईँ नयाँ सहरमा सर्नुभएको समय लेख्‍नुहोस्। एउटै सहरभित्रको सराइलाई छुट्टै लाइन दिनु हुँदैन।
  • तपाईँले आफू सानो हुँदा अमेरिकामा समय बिताउनुभएको थियो र अमेरिकामा तपाईँको भौतिक उपस्थितिमा उक्त समय जोड्न चाहनुहुन्छ भने तपाईँलाई उक्त समयको कागजी प्रमाण उपलब्ध गराउन भनिन सक्छ : जस्तो कि, प्रवेश/बहिर्गमन छाप भएका पासपोर्ट, हवाई टिकट, शैक्षिक कागजात, आदि ।
  • यदि तपाईँले अमेरिकामा पढ्नुभएको हो भने गर्मी/जाडोको बिदामा विदेश जानुभएको थियो कि ? विदेशमा बस्‍ने आफन्तहरूलाई भेट्न जानुभएको थियो कि ?

११. eCRBA मा फोटो अपलोड र कागजात अट्याच कसरी गर्ने ?
eCRBA आवेदनभरि यस्ता धेरै ठाउँ छन् जहाँ तपाईँले आफ्नो कम्प्युटरबाट फाइल अपलोड गरी आवश्यक कागजात उपलब्ध गराउन सक्नुहुन्छ । फाइल साइजको अधिकतम स्वीकार्य सीमा १० एमबी रहेको छ । तपाईँले “attach a file” अथवा “add” मा क्लिक गरी कागजात अपलोड गर्ने पप्-अप् ल्याउन सक्नुहुन्छ र त्यसपछि अपलोड गर्न चाहेको फाइल छनौट गर्न “select a file” बटन क्लिक गर्न सक्नुहुन्छ । अपलोड गर्न कागजात छनौट गर्दा आवश्यक कागजात मात्र अपलोड गर्नेबारे ध्यान दिनुहोला ।

१२. eCRBA को नक्कल प्रतिका लागि के मeCRBA प्रणालीमार्फत अनुरोध गर्न सक्छु ?
सक्नुहुन्न । तपाईँले यो फाराम भरेर अमेरिकी विदेश मन्त्रालयको महत्त्वपूर्ण अभिलेख शाखामार्फत आफ्नो बच्चाको CRBA को अतिरिक्त प्रति माग गर्नु आवश्यक हुन्छ ।

१३. के मeCRBA आवेदनमार्फत सोसल सेक्युरिटी नम्बर र पासपोर्टको लागि आवेदन दिन सक्छु ?
सक्नुहुन्न । आवेदकहरूले हाल eCRBA मार्फत पासपोर्ट वा सोसल सेक्युरिटी नम्बरका निम्ति आवेदन दिन सक्दैनन् । यद्यपि, eCRBA आवेदनको अन्त्यतिर तपाईँलाई पासपोर्ट र सोसल सेक्युरिटी नम्बरसम्बन्धी आवेदनहरू अलग्गै भर्ने प्रक्रियाको विस्तृत विवरणसहितको अनलाइन स्रोतसामग्रीतर्फ निर्देशित गरिनेछ । पासपोर्टको लागि आवेदन अन्तर्वार्ताको समयमा व्यक्तिगत रूपमा बुझाउन सकिन्छ । सोसल सेक्युरिटी नम्बरको लागि आवेदन कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोडको मूल प्रति र पासपोर्ट प्राप्‍त गरिसकेपछि मात्र बुझाउन सकिन्छ । आफ्नो बच्चाको लागि सोसल सेक्युरिटी नम्बर लिनेसम्बन्धी थप विवरणको लागि हेर्नुहोस् Social Security – U.S. Embassy in Nepal (usembassy.gov)

१४. CRBA को पुनः प्राप्‍ति वासंशोधन म कसरी गर्न सक्छु ?
CRBA पुनः प्राप्‍ति वा संशोधन गर्न अमेरिकी विदेश मन्त्रालयको महत्त्वपूर्ण अभिलेख शाखालाई अनुरोध गर्न सकिन्छ । CRBA पुनः प्राप्‍ति वा संशोधन गर्ने अनुरोध केवल निम्‍नलिखित व्यक्तिहरूले गर्न सक्छन् :

  • जन्मको रेकर्डमा सूचीकृत व्यक्ति (१८ वर्ष या माथिको भएमा)
  • आमा वा बुबा (१८ वर्षमुनिका नाबालकको हकमा)
  • अधिकार-प्राप्‍त सरकारी निकाय, अथवा
  • जन्मको रेकर्डमा सूचीकृत व्यक्तिबाट लिखित अख्तियारी दिइएको व्यक्ति

तपाईँले यो फाराम भरेर CRBA को पुनः प्राप्‍ति वा संशोधनको अनुरोध गर्न सक्नुहुन्छ ।

१५. eCRBA प्रयोग गर्न मेरो कम्प्युटर सिस्टममा के-के आवश्यक हुन्छन् ?
तपाईँलाई इन्टरनेटमा पहुँच र कागजात स्क्यान, सेभ र eCRBA आवेदनमा अपलोड गर्ने क्षमता आवश्यक पर्छ । eCRBA मोबाइल फोन वा ट्याब्लेटमार्फत पनि काम गर्छ जसको क्यामरा प्रयोग गरी कागजातको तस्बिर खिचेर अपलोड गर्न सकिन्छ ।

१६. मसँग घरमा कम्प्युटर वा इन्टरनेट नभएमा के गर्ने ?
यदि तपाईँसँग घरमा कम्प्युटर वा इन्टरनेट छैन भने सानो शुल्क लिएर स्थानीय पुस्तकालय, विश्‍वविद्यालय वा इन्टरनेट क्याफेले कम्प्युटर र इन्टरनेट उपलब्ध गराउन सक्छ । तपाईँले कुनै पनि अमेरिकन सेन्टरमा उपलब्ध कम्प्युटर प्रयोग गर्न सक्नुहुन्छ । स्थानीय परोपकारी वा धार्मिक सङ्घ-सङ्गठनमा पनि यस आवेदन प्रक्रियाका लागि प्रयोग गर्न मिल्ने कम्प्युटर हुन सक्छन् ।

१७. भुक्तानी गर्ने तरिकाहरू के-के छन् ?
eCRBA को लागि भुक्तानी अमेरिको सरकारी आधिकारिक भुक्तानी साइट “pay.gov” मार्फत गर्नुपर्छ जुन साइटले क्रेडिट कार्ड (MasterCard, Visa, American Express, Discover) वा अमेरिकी बैङ्क खाताबाट अमेरिकी डलरमा भुक्तानी लिन्छ ।

१८. भुक्तानीको तरिका कति सुरक्षित छ ?
भुक्तानी प्रणाली सुरक्षित छ । भुक्तानी “pay.gov” मार्फत हुन्छ जुन धेरै अमेरिकी सरकारी निकायद्वारा प्रयोग गरिने अनलाइन भुक्तानी प्रणाली हो ।

१९. यदिमसँग अमेरिकी बैङ्क खाता वा क्रेडिट कार्ड छैन भने के गर्ने ?
यदि तपाईँ अनलाइन माध्यमबाट शुल्क भुक्तानी गर्न सक्नुहुन्न भने तपाईँले कागजी CRBA आवेदन भर्नुपर्छ र शुल्क काठमाडौँस्थित अमेरिकी दूतावासमा आफ्नो अन्तर्वार्ताको समयमा तिर्नुपर्छ ।

२०. अनलाइन भुक्तानी गर्नमा समस्या आए के गर्ने ?
यदि तपाईँले अनलाइन भुक्तानी पूरा गर्न सक्नुभएन भने तपाईँले कागजी आवेदन भर्नुपर्छ र त्यसलाई भुक्तानी रकमसहित अमेरिकी दूतावास वा वाणिज्य दूतावासमा भौतिक रूपमा उपस्थित भई बुझाउनुपर्छ ।

२१.. मेरोeCRBA प्राप्‍त भएको कुरा म कसरी थाहा पाउन सक्छु ?
eCRBA आवेदन र भुक्तानी पेस गरिसकेपछि तपाईँले एउटा कन्फर्मेसन स्क्रिन देख्‍नुहुनेछ । तपाईँको आवेदन प्राप्‍त भएको पुष्‍टि गर्ने एउटा इमेल पनि तपाईँले प्राप्‍त गर्नुहुनेछ ।

२२. eCRBA सम्बन्धी जानकारी पेस गरिसकेपछि म त्यसमा परिवर्तन कसरी गर्न सक्छु ?
पेस भइसकेको आफ्नो आवेदनमा अनलाइन माध्यमबाट तपाईँको पहुँच हुँदैन । केही परिवर्तन गर्नु छ भने सहयोगको लागि तपाईँले काठमाडौँस्थित अमेरिकी दूतावासलाई सम्पर्क गर्नुपर्छ । तपाईँले आफ्नो अन्तर्वार्ताको समयमा कन्सुलर कर्मचारीलाई ती परिवर्तनबारे सूचित गर्न पनि सक्नुहुन्छ ।

२३. अनलाइन माध्यमबाटअपोइन्टमेन्टको लागि समय निर्धारण कसरी गर्ने ?
अनलाइन आवेदन भरेर अनलाइन माध्यमबाट शुल्क तिरिसकेपछि अपोइन्टमेन्टको समय निर्धारण गर्न तपाईँलाई काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइटतर्फ निर्देशित गरिनेछ । कृपया शुल्क भुक्तानी र CRBA अन्तर्वार्ताको अपोइन्टमेन्टबिच ७२ घण्टाको फरक राख्‍नुहोस् । यसले तपाईँको भुक्तानीको प्रक्रिया पूरा हुन समय दिन्छ ।

२४. के म मेरो बच्चाको पासपोर्ट रCRBA को लागि एउटै अपोइन्टमेन्ट लिन सक्छु ?
हो, पासपोर्ट र CRBA का निम्ति तपाईँले एउटै अपोइन्टमेन्ट लिन सक्नुहुन्छ । अन्य सेवाका निम्ति अलग अपोइन्टमेन्ट आवश्यक हुन सक्छन् ।

२५. मेरो अपोइन्टमेन्ट रद्द वा अपोइन्टमेन्टको समय पुनः निर्धारणकसरी गर्न सक्छु ?
तपाईँले आफ्नो अपोइन्टमेन्टको समय निर्धारण अनलाइन माध्यमबाट गर्नुभएमा कन्फर्मेसन सूचना प्राप्‍त गर्नुहुनेछ जसमा आफ्नो अपोइन्टमेन्ट अनलाइन माध्यमबाट रद्द वा पुनः निर्धारण गर्नेसम्बन्धी निर्देशन पनि समावेश हुन्छ । अपोइन्टमेन्ट रद्द वा पुनः निर्धारण गर्न तपाईँले काठमाडौँस्थित अमेरिकी दूतावासलाई सम्पर्क गर्न पनि सक्नुहुन्छ ।

२६. के म मेरो बच्चाको पासपोर्ट रCRBA को लागि एउटै अपोइन्टमेन्ट लिन सक्छु ?
सक्नुहुन्न । हाल eCRBA आवेदनमार्फत आवेदकहरूले पासपोर्ट वा सोसल सेक्युरिटी नम्बरका निम्ति आवेदन दिन सक्दैनन् । तथापि, eCRBA आवेदनको अन्त्यमा पासपोर्ट र सोसल सेक्युरिटी नम्बरका आवेदन प्रक्रिया अलग्गै पूरा गर्नेसम्बन्धी विवरणसहितका अनलाइन स्रोतसामग्रीतर्फ तपाईँलाई निर्देशित गरिनेछ । अन्तर्वार्ताको समयमा ती आवेदन भौतिक रूपमा उपस्थित भई बुझाउन सकिन्छ ।

२७.यदि थप प्रश्‍न छन् भने म कसलाई सम्पर्क गर्न सक्छु ?
थप प्रश्‍न छन् भने काठमाडौँस्थित अमेरिकी दूतावासलाई ०१-४२३४००० मा वा ktmcrba@state.gov मार्फत सम्पर्क गर्नुहोला ।