नियोग उप-प्रमुख म्यानुएल पी. मिक्‍कलर, जुनियर

Official Photo (Embassy Image)

श्री मिक्‍कलर अमेरिकी परराष्ट्र सेवाका काउन्सेलर दर्जाका करियर सदस्य हुनुहुन्छ । उहाँले अगस्ट २०१९ मा अमेरिकी दूतावास काठमाडौँमा नियोग उप-प्रमुखको पदभार ग्रहण गर्नुभयो ।

उहाँ अगस्ट २०१६ देखि २०१९ सम्म मङ्गोलियाको उलानबाटरस्थित अमेरिकी दूतावासमा नियोग उप-प्रमुखका रूपमा कार्यरत हुनुहुन्थ्यो । त्यसअघि सन् २०१४ देखि २०१६ सम्म उहाँ दक्षिण तथा मध्य एसियाली मामिला (एससीए) हेर्ने ब्युरोको भारत मामिलासम्बन्धी कार्यालयका उपनिर्देशक हुनुहुन्थ्यो । त्यसअघि उहाँ ताजिकिस्तानको दुशान्बेमा राजनीतिक-आर्थिक शाखाका प्रमुख र त्यसपछि निमित्त नियोग उप-प्रमुख हुनुहुन्थ्यो । त्यसै गरी एससीएको क्षेत्रीय मामिलासम्बन्धी कार्यालयमा वरिष्ठ आर्थिक अधिकृत र मोरक्‍कोको रबाटमा आर्थिक शाखाका उप-प्रमुख हुनुहुन्थ्यो । उहाँ अमेरिकी विदेश मन्त्रालयको अपरेशन्स सेन्टर एन्ड एक्जेक्‍युटिभ सेक्रेटेरियट स्टाफ (द “लाइन”) मा समेत कार्यरत हुनुहुन्थ्यो । त्यसै गरी उहाँले रुसको मस्को र तुर्केमेनिस्तानको आश्गाबाटमा समेत काम गरिसक्नुभएको छ । साथै, उहाँले टाइको इन्टरनेशनलमा डिप्लोमेसी लरेन्स एस. इगलबर्गर फेलोसम्बन्धी कार्यकारी परिषद्‌का रूपमा काम गर्नुभएको थियो । श्री मिक्‍कलरले जोन्स हप्किन्स विश्‍वविद्यालयबाट स्नातक र जर्ज वाशिङ्‍टन विश्‍विद्यालयबाट एमबीए गर्नुभएको छ । राष्ट्रिय सुरक्षा रणनीतिमा एमएस गरेका उहाँ नेशनल वार कलेजका विशिष्‍ट ग्र्याजुएट हुनुहुन्छ । उहाँ रुसी र ताजिक फार्सी भाषा बोल्नुहुन्छ ।