शाखा तथा कार्यालय

अमेरिकी सरकारको सबैभन्दा पुरानो सांस्कृतिक प्रतिष्ठान लाइब्रेरी अफ कङ्ग्रेस नवनिर्मित  अमेरिकी राष्ट्रको विधानसभालाई सेवा पुर्‍याउने उद्देश्यले सरकारी सन्दर्भ पुस्तकालयको रूपमा सन् १८०० मा स्थापना भएको हो । उन्नाइसौं शताब्दीमा यो एक राष्ट्रिय प्रतिष्ठानको रूपमा विकसित भयो भने दोस्रो विश्व युद्धपछि यो एक अद्वितीय पुस्तकालय बन्न पुगेको छ जहाँ विश्वभरिका छापा तथा डिजिटल प्रकाशनहरू भण्डार गरिन्छ ।

लाइब्रेरी अफ कङ्ग्रेसले देश बाहिर छ वटा स्थानमा आफ्नो कार्यालयहरू सञ्चालन गर्दछ । ती कार्यालयहरूले आ-आफ्नो क्षेत्रबाट सबै भाषामा प्रकाशित पुस्तकालय तथा रिसर्चसँग सम्बन्धित सामग्रीहरू सङ्कलन, सूचीकृत, संरक्षण तथा वितरण गर्दछन् । लाइब्रेरी अफ कङ्ग्रेसले अमेरिकी एकाडेमिक पुस्तकालयहरू र रिसर्चसम्बन्धी संघसंस्थाहरूका लागि समेत प्रकाशनहरू सङ्कलन गर्दछ । देश बाहिरका कार्यालयहरू मध्येको सबैभन्दा ठूलो कार्यालय नयाँ दिल्लीमा अवस्थित छ जसले भारत, बङ्गलादेश, भुटान, माल्दिभ्स, नेपाल र श्रीलङ्काबाट प्रकाशनहरू सङ्कलन गर्दछ र ती देशका राजधानीमा अवस्थित अमेरिकी दूतावासको परिसरभित्र आफ्नो उपकार्यालयहरू सञ्चालन गर्दछ । नेपालमा अवस्थित कार्यालयले आफूले सङ्कलन गरेको प्रकाशनहरू नयाँ दिल्लीको कार्यालयमा पठाउँछ जहाँ थप प्रोसेसिङ्ग तथा सूचीकृत गर्ने कार्य हुन्छ र बाइन्डिङ्ग गरिसकेपछि (वा माइक्रोफिल्म लिइसकेपछि) वाशिङ्गटन डिसी पठाइन्छ जहाँ ती प्रकाशनहरू लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी सङ्ग्रहको हिस्सा बन्छन् ।

लाइब्रेरी अफ कङ्ग्रेसको राष्ट्रिय प्रतिनिधि देशमा प्रकाशित हुने प्राज्ञिक लेख एवम् अन्य प्रकाशनहरू ’bout सुसूचित रहन्छ र विभिन्न सामग्रीहरूको व्यापक सङ्ग्रह सङ्कलन गर्दछ । सरकारी गजेट, विधायकी बहस तथा कानून एवम् न्यायीक सुनुवाइ जस्ता महत्त्वपूर्ण कानूनी सामग्री लगायत आधिकारिक सरकारी प्रकाशनहरूको सङ्कलनलाई उच्च प्राथमिकता दिइन्छ । लाइब्रेरीले प्रमुख पत्रपत्रिका तथा साप्ताहिक पत्रिकाहरू, प्राज्ञिक एवम् साहित्यिक जर्नलहरू, जीवन शैलीसम्बन्धी तथा अन्य लोकप्रिय पत्रिकाहरूका साथै कला, समाज विज्ञान एवम् मानवशास्त्र विषयमा प्रकाशित रिसर्च मोनोग्राफहरू पनि सङ्कलन गर्दछ । परम्परागत पुस्तक तथा जर्नलहरूको अलावा मानचित्र एवम् गैरछापा (non-print) र विद्युतीय सञ्चारमाध्यमको माग पनि बढ्न थालेको छ । नेपालमा आधारित सामाजिक, राजनीतिक एवम् धार्मिक संघसंस्था तथा वकालतको क्षेत्रमा काम गर्ने विभिन्न समूहका गतिविधिहरूको अभिलेखले पनि लाइब्रेरीको सङ्ग्रहमा मूल्यवान स्थान ओगट्ने गरेको छ ।

सन् २००० मा लाइब्रेरी अफ कङ्ग्रेसको दुई सयौं वार्षिकोत्सवको अवसरमा नयाँ दिल्लीको कार्यालयले लाइब्रेरी अफ कङ्ग्रेसको आर्काइभ अफ रिकर्डेड वल्र्ड लिटरेचर (Library of Congress’ Archive of Recorded World Literature) का लागि साउथ एसियन लिटररी रिकर्डिङ्ग्स प्रोजेकट (South Asian Literary Recordings Project) को थालनी गर्‍यो । उक्त परियोजनाले प्रसिद्ध दक्षिण एसियाली कवि, साहित्यकार एवं नाटककारका वाचनहरू रेकर्ड गरेर राख्दछ । हालसम्म भारत, नेपाल, पाकिस्तान र बङ्गलादेशका पन्ध्र वटा भन्दाबढी भाषाका लेखकहरूको वाचन रेकर्ड गरिसकिएको छ । यस परियोजनाका लागि नेपालका एघाह्र जना प्रसिद्ध लेखकहरूको वाचन रेकर्ड गरिसकिएको छ र ती रिकर्डिङ्गहरू लाइब्रेरी अफ कङ्ग्रेसको वेबसाइटमा उपलब्ध छन् : http://www.loc.gov/acq/ovop/delhi/salrp

लाइब्रेरी अफ कङ्ग्रेस’bout थप जानकारी प्राप्त गर्न निम्न वेबसाइटहरू हेर्नुहोस् : www.loc.govwww.loc.gov/acq/ovop/delhi । वा थप जानकारीको लागि Rneu@loc.gov मा वा निम्न ठेगानामा पत्राचार गर्न सक्नुहुन्छ ।

Library of Congress Representative, Nepal Office
Embassy of the United States of America
Maharajgunj, Kathmandu, Nepal
Tel.: +977 1 423 4000