नेपालस्थित अमेरिकी नागरिकलाई पैसा पठाउने सबैभन्दा भरपर्दो तरिका भनेको उक्त व्यक्तिको अमेरिकी बैंक खातामा रकम जम्मा गरिदिने र उसलाई ए.टि.एम. कार्डद्वारा नेपालमा पैसा झिक्न लगाउने हो । त्यस्तो विकल्प सम्भव छैन भने हामी तपाईंलाई वेस्टर्न युनियन वा त्यस्तै सेवा प्रदान गर्ने अन्य सेवा प्रदायक मार्फत पैसा पठाउन सुझाव दिन्छौं । यदि दुबै विकल्प सम्भव छैन भने तपाईंले कुनै पनि बैंकबाट रकमान्तर गर्न सक्नुहुन्छ ।
वास्तविक आकस्मिक अवस्थामा नेपालस्थित अमेरिकी नागरिकले अमेरिकामा रहेका साथीभाइ वा परिवारलाई वाशिन्ङ्गटन डिसीस्थित अमेरिकी विदेश मन्त्रालयको Office of Overseas Citizens Services (OCS) (प्रवासी नागरिक सेवा विभाग) मार्फत काठमाडौंमा रहेको दूतावासमा पैसा पठाउन लगाउन सक्छ । पैसा कसरी पठाउने भन्ने सम्बन्धमा बुझ्न कृपया OCS मा +१-८८८-४०७-४७४७ मा सम्पर्क गर्नुहोला (विदेशबाट हो भने : +१-२०२-५०१-४४४४) जब दूतावसले अमेरिकी विदेश मन्त्रालयबाट सूचना प्राप्त गर्दछ, प्रापकलाई सम्बन्धित रकम नेपाली रुपैयाँ वा अमेरिकी डलरमा हस्तान्तरण गर्दछ । यस्तो सेवा वास्तविक आकस्मिक अवस्थाका लागि मात्र हो जब बैंक मार्फत पैसा पठाउन समय लाग्छ । यसरी पठाइने पैसा आकस्मिक अवस्था समाधान गर्न लाग्ने रकम भन्दा बढी हुनुहुँदैन र व्यापारिक लेनदेन प्रयोजनका लागि पनि प्रयोग हुने छैन ।
More Information on Financial Emergencies Overseas