An official website of the United States government
Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.
Secure .gov websites use HTTPS
A lock (
) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.
प्र : लिलामीका सामानमा कुनै ग्यारेन्टी वा वारेन्टी हुन्छ कि हुँदैन ?
उ : हुँदैन । सबै सामानहरू “जस्तो छ र जहाँ छ” को आधारमा बिक्री गरिन्छ । दूतावासले कुनै पनि किसिमको ग्यारेन्टी वा वारेन्टी दिँदैन र सामान साट्ने वा पैसा फिर्ता गर्ने कार्य गर्दैन ।
प्र : मलाई एउटा लटको एउटा मात्रै सामान मनपर्यो । अरु सामानहरू मलाई चाहिँदैन । के मैले केवल त्यो एउटा सामानको लागि मात्र बोलपत्र आह्वान गर्न सक्छु ?
उ : सक्नुहुन्न । सबै सामानहरू लट-लटमा बेचिन्छ । कुनै पनि लटमा भएको सामान छुट्टा छुट्टै बेचिने छैन । बोलपत्र पूरै लटको लागि आह्वान गरिएको हुनु पर्दछ ।
प्र : दूतावासले कस्तो किसिमको भुक्तानी स्वीकार गर्दछ ?
उ : दूतावासले नगद भुक्तानी मात्र स्वीकार गर्दछ ।
प्र : मैले वाणिज्य दूतावासबाट खरिद गरेको समानमा भन्सार शुल्क तिर्नुपर्छ ?
उ : पर्छ । सफल बोलपत्रदाताले खरिद गरेको सामानमा लागु हुने कुनै पनि भन्सार शुल्क तिर्नु पर्दछ ।
प्र : के दूतावासले मैले खरिद गरेको सामान ओसारपसार वा भण्डारण गर्न सहयोग गर्दछ ?
उ : गर्दैन । दूतावासले सामान ओसारपसार वा भण्डारण गर्न सहयोग गर्दैन । ओसारपसार एवम् भण्डारणको काम तथा त्यसको लागि लाग्ने सम्पूर्ण खर्चको लागि सफल बोलपत्रदाता स्वयं जिम्मेवार रहनेछ । सबै सामान भुक्तान गरेको २४ घण्टाभित्र लगिसक्नुपर्छ । यदि नलगेको खण्डमा भुक्तानी तिर्न असफल भएको भनी सूचना जारी गरिनेछ र नलगिएको सामानको हकमा बोलपत्रको रकमसम्मको भण्डारण शुल्क जरिवाना तिर्नुपर्ने हुनसक्छ । त्यसपछि बोलपत्रदाताले सामानप्रतिको हक तथा अगाडि तिरेको सबै भुक्तानी गुमाउनेछ ।
प्र : मैले धेरै सामान खरिद गरेँ । के मैले किस्ता-किस्तामा सामानहरू लैजान सक्छु ?
उ : सक्नुहुन्छ, तर सबै सामान एकै दिनमा लैजानुपर्छ ।
कृपया कल गर्नुहोस्: 01-4234000
कार्यालय समयबाहेकमा, सम्पर्क गर्नुहोस्: 01-4234000
नेपालबाहिर: +977-1-4234000
आपतकालीन सम्पर्क - सबै स्थानहरू STEP मा नामाङ्कन गर्ने अन्तर्राष्ट्रिय बाल अपहरण अमेरिकी नागरिकको गिरफ्तारी अमेरिकी नागरिकको मृत्यु अपराध पीडित आकस्मिक आर्थिक सहायता