औंठाछाप सेवा (फिंगरप्रिन्टिङ सर्भिस)
काठमाडौँस्थित अमेरिकी दूतावासमा औँठाछाप लिने सेवा अमेरिकी नागरिकता तथा अध्यागमन सेवा (USCIS) बाट रिफर गरिएका केसहरूका निम्ति मात्र उपलब्ध हुन्छ । यदि तपाईँलाई औँठाछाप लिने सेवा आवश्यक परेमा अपोइन्टमेन्ट लिन कृपया [अमेरिकी दूतावासको कन्सुलर शाखा सम्बद्ध जानकारी तथा सेवा फाराम ] मा जानुहोला ।
अन्य कुनै प्रयोजनका लागि काठमाडौँमा औँठाछाप सेवाहरू नक्सालस्थित नेपाल प्रहरी मुख्यालयको केन्द्रीय अनुसन्धान ब्युरोअन्तर्गत चालचलन शाखामा उपलब्ध छन् । उक्त सेवा लिन अमेरिकी नागरिकलगायतका विदेशीहरूले म्याद बाँकी भएको पासपोर्ट र औँठाछाप सेवा किन आवश्यक पर्यो भन्ने ब्यहोराको लिखत पेस गर्नुपर्दछ ।
विस्तृत जानकारीका लागि देहायबमोजिम सम्पर्क गर्नुहोस् :
चालचलन शाखा
प्रहरी प्रधान कार्यालय, नक्साल
फोन : +977-01-4412783
इमेल : chalchalan@nepalpolice.gov.np