An official website of the United States government
Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.
Secure .gov websites use HTTPS
A lock (
) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.
नेपालस्थित अमेरिकी नियोगमा काम गर्ने इच्छा व्यक्त गर्नुभएकोमा तपाईँलाई धन्यवाद छ । नेपालस्थित अमेरिकी नियोगमा उपलब्ध रोजगारीका सबै अवसरहरू बारे जान्न र अनलाइन आवेदन पेश गर्नका लागि हाम्रो ERA पृष्ठ https://erajobs.state.gov/dos-era/npl/vacancysearch/searchVacancies.hms मा जानुहोला ।
योग्य हुनका लागि सबै आवेदनहरू अनिवार्य रूपमा ERA मार्फत पेश गरिनु पर्नेछ ।
रोजगारीका लागि आवेदन पेश गर्नेसम्बन्धी निर्देशिका
विदेश सेवामा अमेरिकी कूटनीतिज्ञको ध्येय शान्ति प्रवर्द्धन गर्नु, समृद्धिलाई समर्थन गर्नु र विदेशमा अमेरिकाको हितलाई अगाडि बढाउँदै गर्दा अमेरिकी नागरिकहरूको सुरक्षा गर्नु हो । तपाईँलाई सरकारी सेवाप्रति लगाव छ र तपाईँ विश्वभर अमेरिकाको प्रतिनिधित्व गर्न चाहनुहुन्छ भने तपाईँका लागि चुनौतीपूर्ण र आनन्ददायी वृत्ति
अमेरिकी विदेश नीतिको समर्थनमा विषयगत इन्टर्नशिप वा फेलोशिपको खोजी गरिरहेका तपाईँ चाहे स्नातक तहको वा स्नातकोत्तर तहको विद्यार्थी हुनुहोस्, हाम्रा अवसरहरूले तपाईँलाई कति टाढासम्म लान सक्छन् भन्ने कुराको कुनै सीमा छैन । विश्वमा अमेरिकाको प्रतिनिधित्व गर्दै गर्दा तपाईँलाई अमेरिकी विदेश नीति र कूटनीतिलाई राम्रोसँग बुझ्ने, वृत्तिका नयाँ मोडहरू पत्ता लगाउने र जीवनभर उपयोगी हुने सिप प्राप्त गर्ने मौका मिल्नेछ ।
विदेश सेवा अधिकृत करियर ट्र्याक, विदेश सेवा विशेषज्ञ करियर पाथ, निजामति सेवाका लागि अवसर र कन्सुलर फेलोज प्रोगामसँग सम्बन्धित विस्तृत विवरण हेर्नुहोस् ।
आवासीय कूटनीतिज्ञहरू ती करियरवाला विदेशी सेवा अधिकृत र विशेषज्ञहरू हुन् जो अमेरिकाभरिका विभिन्न स्थानमा छरिएका हुन्छन् र जसले आफू सेवारत समुदायमा रहेका विद्यार्थी र पेशाकर्मीहरूलाई करियर, इन्टर्नशिप र फेलोशिपसँग सम्बन्धित मार्गनिर्देशन र परामर्श प्रदान गर्दछन् । विदेश तथा निजामति सेवाका क्षेत्रमा करियर, इन्टर्नशिप र फेलोशिपमा इच्छुक व्यक्तिहरूका प्रश्नका जवाफ दिन र उनीहरूसँग आफ्नो अन्तर्ज्ञान साटासाट गर्नका लागि आवासीय कूटनीतिज्ञहरू उपलब्ध छन् ।
स्वदेश तथा विदेशमा परिवारका सदस्यहरूका लागि रोजगारीका विकल्प र जानकारीमूलक स्रोतसाधनहरू विस्तार गर्नका लागि व्यावसायिक कर्मचारीहरूको टोली पारिवारिक जनसम्पर्कसँग सम्बन्धित कार्यलयमा कार्यरत छ । हाम्रा कार्यक्रमहरूको बारेमा थप जान्नुहोस् वा आफ्नो रोजगारीका लागि योजना बनाउन थाल्नुहोस् ।
कृपया कल गर्नुहोस्: 01-4234000
कार्यालय समयबाहेकमा, सम्पर्क गर्नुहोस्: 01-4234000
नेपालबाहिर: +977-1-4234000
आपतकालीन सम्पर्क - सबै स्थानहरू STEP मा नामाङ्कन गर्ने अन्तर्राष्ट्रिय बाल अपहरण अमेरिकी नागरिकको गिरफ्तारी अमेरिकी नागरिकको मृत्यु अपराध पीडित आकस्मिक आर्थिक सहायता