गैरआकस्मिक अमेरिकी नागरिक सेवाका लागि कन्सुलर शाखाको नियमित समय
गैरआकस्मिक सेवाका लागि अमेरिकी नागरिक सेवा इकाइमा अपोइन्टमेन्ट मार्फतबाट मात्र सम्पर्क गर्न सकिन्छ । आकस्मिक सेवाका लागि भने सोझै हाम्रो कार्यालयमा आउन सक्नुहुन्छ वा १-४२३-४००० मा फोन गर्न सक्नुहुन्छ । निम्न दिन र समयका लागि स्थानीय तथा अमेरिकी बिदाका दिन बाहेक अपोइन्टमेन्ट लिन सकिन्छ :
राहदानी सेवा | नोटरी सेवा | सी.आर.बी.ए. CRBA सेवा |
मङ्गलबार : दिउँसो १:०० – ३:०० बजेसम्म | सोमबार : दिउँसो १:०० – ३:०० बजेसम्म | मङ्गलबार : दिउँसो १:०० – ३:०० बजेसम्म |
बिहीबार : दिउँसो १:०० – ३:०० बजेसम्म | ||
शुक्रबार : दिउँसो १:०० – ३:०० बजेसम्म |
तपार्इंले http://go.usa.gov/Yjc मा गर्इ अपोइन्टमेन्ट तालिका हेर्न तथा अपोइन्टमेन्ट लिन सक्नुहुन्छ ।
कृपया ध्यान दिनुहोस् : तपाईंले एकपटक वेबपेज बन्द गरिसकेपछि आफ्नो अपोइन्टमेन्टको तारिख र समय पुनः हेर्न सक्नुहुने छैन । तपाईंले अपोइन्टमेन्ट लिने बित्तिकै आफूलाई दिइएको अपोइन्टमेन्टको तारिख र समय टिपेर राखिहाल्नुहोस् ।
हराएको वा चोरी भएको राहदानीको प्रतिस्थापन
यदि तपाईंको अमेरिकी राहदानी हराएको वा चोरी भएको छ भने तपाईंले तुरुन्त नजिकैको प्रहरी चौकीमा रिपोर्ट गरिहाल्नु पर्दछ । यदि तपाईंलाई आफ्नो राहदानी हराएको वा चोरी भएको स्थान ’bout थाहा छ जस्तो लाग्छ भने (होटल, विमानस्थल, बस स्टेशन, आदि) तपाईंले उक्त स्थानमा समेत रिपोर्ट गर्नु पर्दछ । रिपोर्ट हालिसकेपछि तपाईंले नयाँ राहदानीको लागि राहदानी सेवा उपलब्ध हुने नियमित समयको लागि अमेरिकी दूतावासको कन्सुलर शाखासँग अपोइन्टमेन्ट लिनु पर्दछ । राहदानीहरू अमेरिकामा प्रिन्ट हुने भएकोले तपाईंको नयाँ राहदानी आउन दुई देखि तीन हप्तासम्म समय लाग्नसक्छ । तपाईंलाई यदि अति शीघ्र यात्रा गर्नुपर्ने अवस्था छ भने तपाईं आकस्मिक राहदानीको लागि योग्य हुनुहुन्छ या हुनुहुन्न भन्ने ’bout बुझ्न १-४२३-४००० मा फोन वा consktm@state.gov मा ईमेल गर्नुहोला ।
राहदानी हराएको वा चोरी भएको खण्डमा निम्म कुराहरू समेत साथमा ल्याउनुहोला :
- पूर्ण रूपमा भरिएको तर हस्ताक्षर नगरिएको DS-11 राहदनी आवदेन फारम (जुन दूतावासमा पनि उपलब्ध हुन्छ),
- पूर्ण रूपमा भरिएको तर हस्ताक्षर नगरिएको “हराएको वा चोरी भएको राहदानी सम्बन्धी बयान” फारम DS-64 (जुन दूतावासमा पनि उपलब्ध हुन्छ),
- हराएको र चोरी भएको राहदानी वा तपाईंको परिचय खुल्ने अन्य प्रमाण वा अमेरिकी नागरिकताको फोटोकपी (उपलब्ध भएमा),
- नयाँ राहदानीका लागि फोटोहरू जुन यहाँ उल्लिखित मापदण्डहरूसँग मिलेको हुनुपर्छ,
- १६ वर्ष मुनिका आवेदकका हकमा राहदानी आवेदन शुल्क ११५ डलर, वा १६ वर्ष माथिका आवेदकका हकमा राहदानी आवेदन शुल्क १४५ डलर (अमेरिकी क्रेडिट कार्ड वा नगद स्वरूप अमेरिकी डलर वा नेपाली रूपैयाँमा बुझाउनुपर्ने),
- स्थानीय प्रहरी रिपोर्ट ।
काठमाडौंस्थित अमेरिकी दूतावासबाट नयाँ राहदानी प्राप्त गर्ने अमेरिकीहरूले काठमाडौंस्थित नेपाल सरकारको अध्यागमन विभागमा गई पुरानो राहदानीमा भएको वैध नेपाली भिसा नयाँ राहदानीमा स्थानान्तरण गर्नुपर्दछ । तपाईंले स्थानीय प्रहरी रिपोर्ट बुझाएपछि मात्र अध्यागमन विभागले नयाँ भिसा जारी गर्नेछ । नेपाली अध्यागमनसम्बन्धी नियम तथा नियमावलीहरूका ’bout थप जानकारीका लागि कृपया नेपाल सरकारको अध्यागमन विभागको वेबसाइटमा जानुहोला ।
यदि तपाईंको राहदानी पुरानो भएको कारण, दुर्घटनाको कारण वा अन्य कुनै कारण निकै नै थोत्रो भएको छ भने राहदानीको मूल्याङ्कन तथा प्रतिस्थापनका लागि दूतावाससँग अपोइन्टमेन्ट लिनुहोला ।