Flag

An official website of the United States government

स्वास्थ्य सहायता
17 MINUTE READ
मे 29, 2021

नोट : यहाँ दिइएको सूचीमा उल्लिखित व्यक्ति वा संस्थाहरूको व्यावसायिक क्षमता र उहाँहरूले प्रदान गर्ने सेवाको गुणस्तरका ’boutमा अमेरिकी विदेश मन्त्रालय कुनै जिम्मेवारी लिँदैन । य सूचीमा उल्लेख हुनुको अर्थ अमेरिकी सरकारले उहाँहरूलाई आधिकारिकता दिएको छ भन्ने कदापि होइन । त्यस्तै, यो सूची वर्णमानुक्रम अनुसार दिइएको हो, यसले अरु कुनै अर्थ राख्दैन । यहाँ उल्लेख गरिएका विवरण सम्बन्धित सेवा प्रदायकले नै उपलब्ध गराउनुभएको हो, यसको जिम्मा अमेरिकी विदेश मन्त्रालयले लिँदैन । 

नेपालमा स्वास्थ्यसम्बन्धी आकस्मिक अवस्था

नेपालमा आउने पर्यटकहरू रोमाञ्चक र साहसिक क्रियापलापका लागि आउँछन् जुन खतरापूर्ण पनि हुन सक्छन् । यहाँ गरिने पर्वतारोहण, पदयात्रा (ट्रेकिङ), र्‍याफ्टिङ, लगायत कतिपय क्रियाकलापका क्रममा स्वास्थ्य र सुरक्षाका समस्याहरू आउन सक्छन् । लेक लागेको खण्डमा विकट ठाउँमा उपचार पाउन कठिन हुन्छ । सामान्य स्वास्थ्य समस्याहरू, जस्तै पेटसम्बन्धी बिमारीमा समेत पर्यटक र यहाँका बासिन्दालाई कठिनाइ हुनसक्छ । स्वास्थसम्बन्धी थप जानकारीका लागि हेर्नुहोला : https://travel.state.gov/content/travel/en/international-travel/International-Travel-Country-Information-Pages/Nepal.html

नेपालमा स्वास्थ्यसेवा

नेपालमा स्वास्थ्यसेवा पर्याप्त रूपमा उपलब्ध छैन र उपलब्ध सेवा पनि प्रायः अमेरिकी गुणस्तरको हुँदैन । स्वास्थ्यसेवा पाउने ठाउँहरूमा अत्यधिक भीड हुने गर्दछ । सार्वजनिक अस्पतालहरूमा पाइने आकस्मिक स्वास्थ्य सेवा अमेरिकाको तुलनामा निकै कम गुणस्तरका हुन्छन् । दुर्गम ठाउँमा पदयात्रा (ट्रेकिङ) गर्दा आउने समस्या र चोटपटकका लागि प्रायः हेलिकप्टरबाट उद्धार गर्नुपर्ने हुन्छ । दुर्गम ठाउँबाट काठमाडौंसम्म हेलिकप्टरबाट उद्धार गर्दा ३,००० देखि १०,००० अमेरिकी डलरसम्म लाग्न सक्छ । भ्रमण गर्दा आउने सामान्य समस्याहरू र सामान्य शल्यक्रिया काठमाडौंमा गर्न सकिन्छ । गम्भीर समस्यामा नजीकका शहरहरू नयाँ दिल्ली, बैंकक वा सिंगापुरमा अथवा अमेरिका नै फिर्ता गई उपचार गराउनुपर्ने हुन्छ । ‘मेडिकल इभ्याकुएसन’ का लागि अमेरिका फिर्ता जानुपर्ने अवस्थामा ५०,००० अमेरिकी डलरभन्दा बढी खर्च लाग्छ । अमेरिकी नागरिकहरूलाई नेपालमा पदयात्रा वा दुर्गम क्षेत्रमा अन्य लामो समयको रोमाञ्चक गतिविधि गर्न आउँदा ‘इमरजेन्सी इभ्याकुएसन इन्स्युरेन्स’ गराएर आउनुहुन अमेरिकी दूतावास आग्रह गर्दछ । विदेश यात्रामा इन्स्युरेन्स सेवा प्रदान गर्ने कम्पनीहरूको सूचीका लागि अमेरिकी विदेश मन्त्रालयको वेबसाइट हेर्नुहोला : https://travel.state.gov/content/travel/en/international-travel/before-you-go/your-health-abroad/insurance-providers-overseas.html

नेपालमा डाक्टरलाई कसरी सम्पर्क गर्ने

हरेक वर्ष नेपाल आउने सयौं अमेरिकी नागरिक यहाँका क्लिनिक वा हस्पिटल जान्छन्, र दजर्नौ ‘मेडिकल इभ्याकुएसन’ मा अमेरिका फिर्ता जान्छन् । अमेरिकी नागरिकलाई सेवा प्रदान गर्ने अनुभव भएका नेपाली डाक्टरहरूको सूची तल दिइएको छ । स्थानीय प्रहरी र पर्यटन व्यवसायीहरूले पनि स्वास्थ्य सेवाप्रदायकका ’boutमा जानकारी दिन सक्छन् । काठमाडौंका केही क्लिनिक र हस्पिटलले क्रेडिट कार्डमार्फत भुक्तानी लिन्छन्, तर कतिपयले नगद मात्र लिन्छन् । भर्ना भएर गरिने उपचारका लागि सुरुमै वा डिस्चार्ज हुनुअघि सबै बिल भुक्तानी गर्नुपर्ने हुन्छ । नेपाल भ्रमणमा निस्कनुअघि आफ्नो बीमा कम्पनीसँग मेडिकल इन्स्युरेन्सका ’boutमा राम्रोसँग सल्लाह गरेर मात्र आउनुहुन सबै अमेरिकी नागरिकलाई अमेरिकी दूतावासको आग्रह छ ।

अमेरिकी नागरिकका लागि आकस्मिक सेवा

सामान्य जानकारी उपलब्ध गराउनुका अतिरिक्त काठमाडौंस्थित दूतावासले अमेरिकी नागरिकलाई मेडिकल इभ्याकुएसन र अमेरिकाबाट पैसा ल्याउने प्रक्रियासम्बन्धमा सहयोग गर्न सक्छ । कन्सुलर अधिकारीहरूले बिरामी वा घाइते अमेरिकी नागरिकलाई आफ्ना परिवार र इष्टमित्रसँग सम्पर्क गर्न, नेपालमा हुनसक्ने उपाय’bout जानकारी दिन, वा नेपालमा स्वास्थ्यसेवा लिन सहयोग गर्नसक्छन् ।

कृपया ध्यान दिनुहोला, अमेरिकी मेडिकेयरले विदेशमा हुने उपचारको खर्च प्रायः व्यहोर्दैन । त्यस्तै अमेरिकी सरकार वा यहाँस्थित दूतावासले पनि विदेशमा गरिएको निजी उपचारको खर्च व्यहोर्दैन

नेपालमा आफ्नो हेरविचार कसरी गर्ने ?

नेपालको भूगोल र सरसफाइको अवस्थाले यहाँ आउने पर्यटक र यहीँ बसोबास गरिरहेका दुवैलाई रोग लाग्ने जोखिम रहन्छ । केही सामान्य कुरामा ध्यान दिएको खण्डमा तपाईंको भ्रमण सुरक्षित र आनन्ददायक हुनसक्छ ।

अनुभवी पर्वतारोही र पदयात्रीलाई पनि लेक लाग्ने समस्याले छुनसक्छ ।  शारीरिक अभ्यास वा स्वास्थ्यले मात्र लेक नलाग्ने भन्ने हुँदैन । लुक्ला र जोमसोमजस्तो उच्चस्थानमा सीधै हवाइमार्गबाट जाँदा तपाईंको शरीरले आफूलाई त्यो ठाउँमा अभ्यस्त गराउनै पाएको हुँदैन । लेक लाग्दा कहिलेकाहीँ ज्यानै जाने हुनसक्छ, र लेक लागेको अवस्थामा तत्कालै कम उचाइतिर ओर्लिहाल्नु पर्छ । लेक लाग्ने समस्या तीनप्रकारका हुन्छन् : एक्युट माउन्टेन सिकनेस (ए.एम.एस.), हाइ–अल्टिच्युड सेरेब्रल एडिमा (एच.ए.सी.इ.), र हाइ–अल्टिच्युड पल्मोनरी एडिमा (एच.ए.पी.इ.) । ए.एम.एस.का लक्षणहरूमा टाउको दुख्‍ने, थकान, भोक नलाग्ने, रिंगटा लाग्ने, र कहिलेकाहीँ बान्ता आउने हुनसक्छ । यी लक्षणहरू एकै उचाइमा केही समय बसिरहँदा कम हुँदै जान सक्छन् । एच.ए.सी.इ. र एच.ए.पी.इ. चाहिँ खतरापूर्ण अवस्था हुन्, जसमा थकान, भ्रान्ति र श्‍वास फेर्न कठिनाइ हुन्छ । यस्तो लक्षण देखिनासाथ तत्काल कम उचाइतिर ओर्लिहाल्नु पर्छ र स्वास्थ्यकर्मीकहाँ जानुपर्छ ।

नेपाल भ्रमणमा आउने अधिकांश पर्यटकलाई भइराख्‍ने समस्या भनेको पखाला र पेटसम्बन्धी गडबडी हो । गर्मी र मनसुनको समयमा यो समस्या बढी देखिन्छ । पखाला लागेकै कारण ज्यान जाने चाहिँ विरलै मात्र हुन्छ । तर निको नभएमा वा तपाईंको स्वास्थ्य अवस्था ठीक नभएमा स्वास्थ्यकर्मीको सल्लाह लिनुपर्छ । पेटसम्बन्धी गडबडीबाट बच्नका लागि निम्नानुसार सावधानी अपनाउनुहोला :

सडकमा बेच्न राखेका वा फोहोर ठाउँबाट खानेकुरा वा पेयपदार्थ नकिन्ने । काँचो वा पूरा नपाकेको मासु वा माछा नखाने । बोक्रा नताछी काँचो फलफूल र सागसब्जी नखाने । मिनरल वाटर, कार्बोनेटेड पेय, वा आफूलाई पक्का भएको सुरक्षित पानी (उमालिएको वा आयोडिन/क्लोरिन राखिएको) मात्र खाने । बोटलमा बेचिने पानी कहिलेकाहीँ धाराबाट वा खोलाबाट सीधै भरेर राखिएको हुनसक्छ । बोटलको सील राम्रोसँग लगाइएको छ छैन जाँच गरेर मात्र पानी लिनुहोला ।

नेपाल आउने पर्यटकको स्वास्थ्यसँग सम्बन्धित र खोपसम्बन्धी जानकारीका लागि अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रको वेबसाइट हेर्नुहोला : https://wwwnc.cdc.gov/travel/destinations/traveler/none/nepal

नेपालमा उपलब्ध स्वास्थ्यसंस्था, हवार्इ एम्बुलेन्स, हेलिकप्टर इभ्याकुएसन सेवा

नेपालमा आउने पर्यटकलार्इ सेवा दिने केही हस्पिटल, क्लिनिक, र अन्य स्वास्थ्यसेवा प्रदायकको सूची यहाँ दिइएको छ । यस सूचीमा उल्लिखित संस्था वा व्यक्तिहरूको व्यावसायिक क्षमता र उहाँहरूले प्रदान गर्ने सेवाको गुणस्तरका ’boutमा अमेरिकी दूतावास कुनै जिम्मेवारी लिँदैन । यस सूचीमा उल्लेख हुनुको अर्थ अमेरिकी विदेश मन्त्रालय वा अमेरिकी दूतावासले उहाँहरूलाई आधिकारिकता दिएको छ भन्ने कदापि होइन । त्यस्तै, यो सूची वर्णमानुक्रम अनुसार दिइएको हो, यसले अरु कुनै अर्थ राख्दैन । यहाँ उल्लेख गरिएका विवरण सम्बन्धित सेवा प्रदायकले नै उपलब्ध गराउनुभएको हो, यसको जिम्मा अमेरिकी दूतावासले लिँदैन ।

काठमाडौं उपत्यकाका हस्पिटल र क्लिनिकहरू

सिवेक ट्राभल मेडिसिन हस्पिटल

Telephone: +977-1-442-4111, +977-1-441-3163, +977-1-442-4242, +977-1-443-5232
Email: info@ciwec-clinic.com
Website: http://www.ciwec-clinic.com 

ग्रान्डी इन्टरनेशनल हस्पिटल

Telephone: +977-1-515-9266, +977-1-515-9267
24-hours emergency number: +977-1-515-9077, +977-980-120-2552
International Coordinator (Puja Shah): +977-980-120-2553
Email: puja.shah@grandehospital.com
Website: http://www.grandehospital.com

ह्याम्स हस्पिटल

टेलिफोन : +977-01-4377404+977-01-4377704+977-01-4376925+977-01-4376926+977-01-4377781+977-01-4376914
इमेल : info@hamshospital.com
वेबसाइट : https://hamshospital.com/

हिमालयन रेस्क्यु एसोसिएसन

Telephone: +977-1-444-0292, +977-1-444-0293
Email: hra@mail.com.np
Website: http://www.himalayanrescue.org 

मेडिकेयर नेशनल हस्पिटल एण्ड रिसर्च सेन्टर

Telephone: +977-1-446-7067
Email: medicare@medicarehosp.com
Website: www.medicarehosp.com 

नेशनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एण्ड एलाइड साइन्सेस

Telephone: +977-1-437-3850, +977-1-437-9012, +977-1-437-9014, +977-1-437-9015
Email: national@neuro.org.np
Website: www.neuro.org.np 

नेपाल इन्टरनेशनल क्लिनिक

Telephone:  +977-1-443-4642, +977-1-443-5357
Email: nepalinternationalclinic@gmail.com
Email: nic@naxal.wlink.com.np

नर्भिक इन्टरनेशनल हस्पिटल एण्ड आउटप्यासेन्ट क्लिनिक

Telephone: +977-1-421-8230, +977-1-425-8553, +977-1-425-8554
E-mail: admin@norvic.wlink.com.npheart@norvic.wlink.com.np
Website: http://www.norvichospital.com 

ओम हस्पिटल एण्ड रिसर्च सेन्टर

Telephone: +977-1-447-6225, +977-1-448-2484
E-mail : omhrc@omhospitalnepal.com
Website: www.omhospitalnepal.com

पाटन हस्पिटल प्राइभेट क्लिनिक
Telephone: +977-1-554-8007, +977-1-552-2295 

त्रिवि शिक्षण अस्पताल

Telephone: + 977-1-441-2303, +977-1-441-2404, +977-1-441-2505, +977-1-441-2808
E-mail: tuthdirector@iom.edu.np
Website: http://tuth.org.np/ 

वयोधा हस्पिटल

Telephone: +977-1-428-6427, +977-1-428-6428
Hotline: +977-1-428-1666
Emergency Direct Number: +977-1-211-1333
Email :       info@vayodha.wlink.com.np
Website:    http://www.vayodhahospitals.com

आँखासम्बन्धी

सुदृष्टि आई क्लिनिक
Telephone: +977-1-442-4512, +977-1-422-8531

काउन्सेलिङ र साइकोथेरापी

अणिच्च साइकोलोजी
Email: info@aniccapsychology.com

सेन्टर फर मेडिकल हेल्थ एण्ड काउन्सेलिङ नेपाल

Telephone: +977-1-410-2037, +977-1-422-6041
Email: cmcnepal@wlink.com.np
Website: http://cmcnepal.org.np 

सिवेक ट्राभल मेडिसिन हस्पिटल

Telephone: +977-1-442-4111, +977-1-441-3163
Email: info@ciwec-clinic.com
Website: http://www.ciwec-clinic.com 

रिदम न्युरोसाइकियाट्री हस्पिटल एण्ड रिसर्च सेन्टर

Telephone: +977-1-500-0700, +977-1-500-0711
Email: admin@rhythmneuropsychiatry.com
Website: http://rhythmneuropsychiatry.com 

दाँतसम्बन्धी

सिवेक ट्राभल मेडिसिन क्लिनिक

Telephone: +977-1-444-0100
Email: info@ciwec-clinic.com
Website: http://www.ciwec-clinic.com 

डेन्ट इन – द डेन्टल क्लिनिक

Telephone: +977-1-416-9141, +977-1-416-9142, +977-1-416-9143
Email: info@dent-inn.com
Email: prabigya@dent-inn.com
Web: http://www.dent-inn.com
Facebook: www.facebook.com/dentinn.nepal

हेल्दी स्माइल्स

Telephone: +977-1-444-4689, +977-1-442-0800
Email: smilenepal.hs@gmail.com
Website: www.healthysmiles.com.np 

काठमाडौंबाहिरका हस्पिटल र क्लिनिक

सिवेक ट्राभल मेडिसिन हस्पिटल – पोखरा

Telephone:  +977-61-463-082, +977-61-467-053
Email: pkradministrator@ciwec-clinic.com
Email: ciwecbooking@pokharainternet.com.np
Website: http://www.ciwec-clinic.com 

एडभान्स पोलिक्लिनिक – पोखरा

Telephone: +977-61-522-984, +977-61-522-985
Email: info@apc.com.np
Website: www.apc.com.np 

फिसटेल हस्पिटल एण्ड रिसर्च सेन्टर – पोखरा

Telephone: +977-61-527-553, +977-61-528-999, +977-61-530-999
Email: hospitalfishtail@gmail.com
Website: http://www.fishtailhospital.com.np 

एचडिसीएस टीम हस्पिटल – पश्‍चिम नेपाल

Lamjung District
Telephone: +977-66-520-258; +977-66-520-452
Email: info@ldcs.org

Rukkum District, Chaurjahari

Telephone: +977-88-401-071; +977-88-401-049 (Guest House)
Email: chaurjahari@hdcsnepal.org
Website: http://www.hdcsnepal.org

कुन्दे हस्पिटल – खुम्बु क्षेत्र

Telephone: +977-38-540-053, +977-38-540-113 

न्युरो हस्पिटल – विराटनगर

Telephone: +977-21-417-484, +977-21-416-267, +977-21-417-475
Email: info@neurohospital.com.np
Email: neurohospitalbrt@gmail.com
Website: http://www.neurohospital.com.np

युनाइटेड मिसन हस्पिटल – पाल्पा

Telephone: +977-75-520-958, +977-75-520-111
Email: tansen@umn.org.np
Website: www.tansenhospital.org.np

हेलिकप्टर र मेडिकल इभ्याकुएसन सेवा प्रदायकहरू

एयर डाइनास्टि हेलि सर्विसेज

24/7 Assistance: +977-1-442-1947; +977-1-442-0457; +977-98010-89842
Telephone (Head Office): +977-1-447-7560/61/62
Email: assistance@airdynastyheli.com
Website: www.airdynastyheli.com

माउन्टेन हेलिकप्टर नेपाल

Telephone: 977-1-411-1031; 977-1-411-1032; 977-1-411-1050; 977-1-411-1051; 977-1-411-1131
Website: www.mountainhelicoptersnepal.com

मनाङ एयर

24/7 Assistance: +977-98011-80461; +977-98011-80502 (Rom Shrestha)
Telephone: +977-1-411-5984/85/86/88/89
Email: operation@manangair.com.np
Website: http://manangair.com.np

सिम्रिक एयर

Telephone: +977-1-415-5341/42/43/44; +977-98510-21183; +977-98020-33475
Email: info@simrikair.com.np
Website: www.simrikair.com

फिसटेल एयर

Telephone: +977-1-411-2217; +977-1-411-2230; +977-1-411-2463/64/65/66/67
Airport Telephone: +977-1-499-1826; +977-1-449-4692
Email: operation@fishtailair.com
Website: http://www.fishtailair.com

इजी हेली चार्टर सेवा

24/7 Assistance: +977-98010-50000; +977-98010-50019
Telephone:  +977-1-437-1022; +977-1-437-7283; +977-1-437-1557
Email:  info@easyheli.com
Website: http://easyheli.com

अल्पाइन रेस्क्यु सेवा

24/7 Assistance: +977-98010-68400
Telephone: +977-1-436-2652; +977-1-435-4711; +977-1-436-0668
Satellite: +88-21687729937
Email: alpinerescue@mail.com.np; operation@alpine-rescue.com
Website: www.alpine-rescue.com

एयर एम्बुलेन्स सेवा

इन्टरनेसनल एस.ओ.एस.
Singapore Office Telephone: +65-6338-2311; +65-6338-7800 (English); +65-6336-3080 (Japanese)
Fax: +65-6338-7611
Website: https://www.internationalsos.com

एसिया एयर एम्बुलेन्स

Thailand Office
Telephone: +668-9896-9000
Email: Operations@asiaairambulance.com
Website: http://www.asiaairambulance.com

मेडिकल विङ्स

Thailand Office
Telephone:  +66-2535-6784; +66(0)2247-3392
Mobile:  +668-9921-1775, +668-1855-9723
Fax: +662-535-4734
Email: m.w@medicalwings.com
Website: http://www.medicalwings.com

ब्याङ्कक हस्पिटल मेडेभ्याक डिपार्टमेन्ट

24/7 call service : +662-310-3000 (Bangkok); 2310-3000/1719 (Local calls only)
Email: medevac@bangkokhospital.com
Website: www.bangkokhospital.com

युरोप एसिस्ट्यान्स

Telephone: 1-877-710-4082 (Worldwide); 1-240-330-1523 (Local)
Email: logistics@eausa.com (Logistics Platform); ops@eausa.com (Operations Platform)
Website: https://europ-assistance.com

एयर एम्बुलेन्स कम्पनीले बुकिङका लागि तपाईंसँग माग्न सक्ने सूचना :

  • बिरामीको निदान र मेडिकल रिपोर्ट
  • बिरामीको पासपोर्टको स्क्यान कपी
  • तौल र उचाइ
  • पठाउने हस्पिटलको नाम
  • कोठा नम्बर, वार्ड, बिल्डिङ्ग
  • पठाउने हस्पिटलको डाक्टरको नाम, फोन नम्बर
  • जाने हस्पिटलको नाम
  • जाने हस्पिटलको डाक्टरको नाम, फोन नम्बर
  • कुरुवाको पासपोर्टको स्क्यान कपी
  • पैसा तिर्ने व्यवस्थाको जानकारी

(Updated May 2018)