Flag

An official website of the United States government

हराइरहेका नागरिक
2 MINUTE READ
डिसेम्बर 29, 2022

यदि तपाईं नेपालमा आफ्ना अमेरिकी साथी वा परिवारका सदस्यका कहाँ छन् वा कस्तो हालतमा छन् भनेर चिन्तित हुनुहुन्छ र उनीहरूलाई सम्पर्क गर्न सकिरहनुभएको छैन भने अमरिकी दूतावासले सहयोग गर्नसक्छ ।
नेपाल आउने व्यक्तिहरू त्यस्ता दुर्गम ठाउँमा पनि गएका हुन सक्छन्, जहाँ बिजुली, इन्टरनेट, वा मोबाइल फोनको कभरेज हुँदैन । ट्रेकिङमा जाने, स्वयंसेवीहरू, वा अन्य पर्यटकलाई यस्तो बेला आफ्ना साथी वा परिवारसँग सम्पर्क गर्न कठिनाइ भइरहेको हुनसक्छ । यदि अस्वाभाविक रूपमा वा सोचेभन्दा बढी समयसम्म उनीहरू सम्पर्कमा आएनन् भने दूतावासमा सम्पर्क गर्नुहोला ।

तपाईंको साथी वा आफन्त नेपालमा हराइरहेका छन् भन्ने तपाईंलाई लाग्छ भने तपाईं अमेरिकामा भए अमेरिकी विदेश विभागको वैदेशिक नागरिक सेवा (ओभरसिज सिटिजन सर्भिसेज) का नम्बरहरू +१–८८८–४०७–४७४७ ‌वा १–२०२–५०१–४४४४ मा फोन गर्नुहोला ।

कार्यालय खुलेको समयमा भए तपाईंले दूतावासको अमेरिकी नागरिक सेवा युनिटमा +९७७–१–४२३–४००० मा सीधै फोन पनि गर्न सक्नुहुनेछ । कार्यालय नखुलेको समयमा भए U.S. Embassy Consular Information & Service MS Form: मा पुरै विवरण खुलाई पठाउनुहुन अनुरोध छ । दूतावासको अमेरिकी नागरिक सेवा युनिटले त्यसको भोलिपल्ट (वा अफिस खुलेको पहिलो दिन) केस दर्ता गर्छ र तपाईंसँग सकेसम्म चाँडो सम्पर्क गर्छ ।

नेपालमा हराइरहेका अमेरिकी नागरिक भेट्टाउन सजिलो होस् भन्नाका लागि धेरैभन्दा धेरै सूचना हामीलार्इ उपलब्ध गराउनुहोला :

  • फोन गर्ने व्यक्तिको पूरा नाम, ठेगाना, फोन नम्बर र हराइरहेको व्यक्तिसँगको सम्बन्ध
  • हराइरहेको व्यक्तिको नाम, जन्ममिति, जन्मेको स्थान
  • हराइरहेको व्यक्तिको पासपोर्ट नम्बर (थाहा भएमा)
  • हराइरहेको व्यक्तिको यात्रा विवरण, आइटिनररी, फोन नम्बर, ईमेल
  • हराइरहेको व्यक्तिसँग अन्तिम पटक कुराकानी भएको मिति र कुराकानीको विवरण
  • हराइरहेको व्यक्तिको सहयात्री, अरु साथी अथवा अन्य सम्पर्क सूत्र

 आकस्मिक पारिवारिक सन्देश पठाउनका लागि दिनुपर्ने जानकारी

  • आकस्मिक अवस्था’bout जानकारी
  • विदेशमा भएको आफन्तलाई दिनुपर्ने खबर
  • दूतावास कर्मचारीले सूचना प्रवाह गरिसकेपछि विदेशमा भएको आफन्तले सम्पर्क गर्नुपर्ने व्यक्तिको नाम, ठेगाना, र टेलिफोन नम्बर

अमेरिकी प्राइभेसी ऐन १९७४ अनुसार कन्सुलर अधिकारीले १८ वर्ष माथिका कसैको पनि जानकारी उसको मन्जुरीबेगर अरुलाई दिने छैनन् ।