अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा १८ प्रतिशत बृद्धि

२०७३ कार्तिक २९

२०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदान’bout आज जारी गरेको ओपेन डोर प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४% ले बृद्धि भएको छ । अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुको संख्यामा लगातार ६ बर्षको गिरावट — सन् २००९ देखी ३०% ले कमी — पछि यो बृद्धि आएको हो। त्यसैगरी, पहिलो पटक, सन् २०१५-१६ को शैक्षिक सत्रमा अमेरिकामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या १० लाखले नाघेको छ । यो अघिल्लो वर्षभन्दा ७%ले बृद्धि हो।

यो शैक्षिक सत्रमा ९,६६२ विद्यार्थी भर्ना भएसँगै नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थी समुदायमध्ये एक बनेको छ। साथै, अघिल्लो वर्ष अमेरिकी विश्वविद्यालय तथा कलेजले १,०४४,००० अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको नयाँ उचाइ प्राप्त गरेको थियो, जुन सम्पूर्ण विद्यार्थी संख्याको ५% हो ।

अन्तर्राष्ट्रिय शैक्षिक सप्ताहको लागि, अमेरिकी दूतावासले याक एन्ड यती होटेलमा आज, सोमबार, कार्तिक २९ गते एउटा शैक्षिक मेलाको आयोजना गर्‍यो। विद्यार्थीहरुले २० वटा अमेरिकाको उच्च शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुसँग भेट्ने मौका पाएका थिए। अमेरिकी दूतावासका कन्सुलर अधिकारीहरुले पनि विद्यार्थीहरुलाई कसरी राम्रो तयारी गर्ने, पढाई’bout स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा आधारित सक्रिय छनौट गर्ने र, महंगा र अनावश्यक शैक्षिक कन्सलटेन्सीहरुको पासोबाट जोगिने ’boutमा जानकारी दिनुभयो। थप जानकारीका लागि यो लिङ्कमा क्लिक गर्नुहोला:  http://www.usefnepal.org/

ओपेन डोर तथ्याङ्कको प्रकाशनसँगै संसारका अन्य देशहरुबाट नेतृत्वदायी क्षमता भएका विद्यार्थीहरुलाई अमेरिकामा पढ्न, सिक्न र अनुभव आदनप्रदान गर्न आकर्षित गर्ने हेतुले अन्तर्राष्ट्रिय शैक्षिक सप्ताह मनाइन्छ, जुन अमेरिकी विदेश तथा शिक्षा मन्त्रालयको सामूहिक अभियान हो । अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानमा आधारित ओपेन डोर प्रतिवेदनको ’boutमा र अन्य धेरै तथ्याङ्क र श्रोतहरुको लागि यो लिङ्कमा क्लिक गर्नुहोला: http://www.iie.org/ Open-Doors

###