सन् २०१९ को नयाँ डि.भी. कार्यक्रम खुला

२०७४ कार्तिक १

पहिले आवेदन दिएकाले फेरी आवेदन दिनुपर्ने

काठमाडौँ – इ-डिभि वेबसाईटमा आएको प्राबिधिक त्रुटीका कारण  सन् २०1९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि नयाँ डिभि फारम भर्ने समय बुधवार, अक्टोबर १८ (कार्तिक १) राति ९:४५ बाट नोवेम्बर २२ (मङ्सिर ६) बुधवार राति १०:४५ सम्म कायम गरिएको छ।

यदि तपाईंले यो बर्षको डि भि कार्यक्रम को लागि अक्टोबर १८ अगाबै आवेदन भरिसक्नु भएको छ भने पनि त्यो आवेदन फेरी भर्नुपर्नेछ। यो मिती भन्दा पहिले आवेदन भर्दा दिइएको कन्फर्मेसन नम्बर काम लाग्ने छैन। यो कार्यक्रम र प्रकृयाको निष्पक्षताका लागि पहिले दिइएका आवेदनलाई मान्यता दिइने छैन। यस कार्यक्रममा सहभागी हुनका निम्ती यो नयाँ [बुधवार, अक्टोबर १८ (कार्तिक १) राति ९:४५ बाट नोवेम्बर २२ (मङ्सिर ६) बुधवार राति १०:४५ सम्म] समयमा फेरी आवेदन दिनुपर्नेछ। तर यस नयाँ आवेदन अबधीमा एक पल्ट भन्दा धेरै पटक आवेदन दिएमा तपाईं अयोग्य ठहरिनु हुनेछ।

तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे १५,२०१८ (जेठ १, २०७५) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

इच्छुक आवेदकका लागि महत्त्वपूर्ण जानकारी  साबिकै रहेका छन।:

  • आवेदन नि:शुल्क :  डि.भी. चिट्ठामा सहभागी हुनका लागि शुल्क लाग्दैन ।
    • कन्सल्टेन्टको आवश्यकता नपर्ने : अमेरिकी दूतावास तपाईँहरूलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सल्लाह दिन्छ । आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्‍वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला । सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईँ स्वयम् जिम्मेवार रहनुहुनेछ ।
    • फारम अनलाइन भर्नुपर्ने : सन् २०1९ को डाइभर्सिटी भिसा चिट्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई-डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।
    • पारिवारिक विवरण खुलाउनुपर्ने : दर्ता गर्दा तपाईँले आफ्ना पति/पत्‍नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।
    • एक जनाका लागि एउटा आवेदन : तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिट्ठाका लागि अयोग्य ठहरिनेछन् ।
    • हालसालै खिचिएको फोटो : अघिल्लो वर्षको डि.भी. आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गरेमा अयोग्य ठहरिनेछ । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।
    • आफ्नो कन्फर्मेसन नम्बरलाई अवश्य सेभ र प्रिन्ट गर्नुहोस् : यो नम्बर नै तपाईँको स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।
    • आफ्नो कन्फर्मेसन नम्बर कसैलाई पनि नदिनुहोस् ।
    • तपाईँ डि.भी. का लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मे १५, २०१८ (जेठ १, २०७५) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो ईमेल ठेगाना प्रदान गर्नुपर्नेछ । यद्यपि, के कुरा स्मरण गर्नुहोस् भने छनोट भएका व्यक्तिहरूलाई उनीहरू छानिएका छन् भन्ने व्यहोराको ईमेल सूचना पठाइँदैन ।

तपाईँ डि.भी. विजेताका रूपमा छानिँदैमा तपाईँले भिसा पाउनुहुन्छ भन्ने कुरा यसले प्रत्याभूत गर्दैन । तपाईँले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईँसँग आवश्यक योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डि.भी. का लागि तपाईँ योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निर्क्‍यौल गर्नेछन् । अन्तर्वार्ताका लागि जाँदा आफूसँग लैजानुपर्ने दस्तावेजहरूको सूची https://go.usa.gov/xRuzM मा दिइएको छ ।

डि.भी. कार्यक्रमसम्बन्धी थप जानकारीका लागि www.dvlottery.state.gov वा काठमाडौँस्थित अमेरिकी दूतावासको वेबसाइट https://np.usembassy.gov/visas/immigrant-visas मा जानुहोस् ।

###