काठमाडौँ, नेपाल – एक वर्षअघि भ्लादिमिर पुटिनले युक्रेनको भूमि, युक्रेनी जनता र युक्रेनको सार्वभौमसत्ताका विरुद्ध एक अनुचित युद्ध सुरु गरेका थिए । त्यसयता ८ हजारभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ भने १ करोड ४० लाख जना आफ्नो घरबाट विस्थापित भएका छन् । एक स्वतन्त्र राष्ट्रमाथि रुसले गरेको र दोस्रो विश्वयुद्धपछिकै ठूलो भूमियुद्ध बन्न पुगेको उक्त आक्रमणले विद्यालय तथा स्वास्थ्य संरचनाहरूलाई ध्वस्त पारेको छ ।
नेपालमा अवस्थित अन्तर्राष्ट्रिय समुदायको एक अङ्गका रूपमा हामी यस गम्भीर समयमा समेत आशावादी छौँ । बाह्र महिनादेखि युक्रेनी जनताले साहसपूर्वक आफ्नो स्वतन्त्रताको रक्षा गर्दै आएका छन् र विश्व समुदाय उनीहरूका पछाडि एकजुट भएको छ । आफ्नो देशलाई ध्वस्त पार्ने रुसको प्रयत्नलाई रोकेपछि युक्रेनी जनता पहिलेभन्दा पनि गर्वित र साहसिला बनेका छन् । युक्रेन विजयी हुनेछ भन्ने कुरामा हामीलाई कुनै दुबिधा छैन । हामी युक्रेनका साथ यसको स्वाधीनता, शान्ति र स्वतन्त्रताका पक्षमा आज पनि उभिएका छौँ र भविष्यमा पनि उभिइरहने छौँ ।
नेपालस्थित अष्ट्रेलियाली दूतावास
बेलायती दूतावास, काठमाडौँ
डेलिगेशन अफ द युरोपियन युनियन टु नेपाल
फिनल्याण्डको दूतावास, काठमाडौँ
फ्रान्सेली दूतावास, काठमाडौँ
संघीय गणतन्त्र जर्मनीको दूतावास, काठमाडौँ
नेपालस्थित जापानी दूतावास
नेपालस्थित गणतन्त्र कोरियाको दूतावास
काठमाडौँस्थित नर्वेजियन दूतावास
अमेरिकी दूतावास, काठमाडौँ
नेपालस्थित युक्रेनका अवैतनिक महावाणिज्यदूत
###