अमेरिकी विदेशमन्त्री

Secretary of State Mike Pompeoमाइक पम्पेओले अप्रिल २६, २०१८ (२०७५ वैशाख १३) मा अमेरिकी विदेशमन्त्रीको रूपमा शपथ ग्रहण गर्नुभएको हो । त्यसअघि उहाँले सेन्ट्रल इन्टेलिजेन्स एजेन्सीका निर्देशकका रूपमा जनवरी २०१७ देखि अप्रिल २०१८ सम्म सेवा गर्नुभएको थियो ।

ट्रम्प सरकारमा सामेल हुनुअघि श्री पम्पेओ कान्सासको चौथो जिल्लाका कंग्रेस सदस्यका रूपमा चौथो कार्यकालमा सेवारत हुनुहुन्थ्यो । उहाँले हाउस इन्टेलिजेन्स कमिटीका साथै इनर्जी एन्ड कमर्स कमिटी र हाउस सेलेक्ट बेनगाजी कमिटीमा काम गर्नुभएको थियो ।

कंग्रेसमा सेवा गर्नुअघि श्री पम्पेओले थायर एरोस्पेसको स्थापना गर्नुभएको थियो, जहाँ उहाँ एक दशकभन्दा बढी समय प्रमुख कार्यकारी अधिकृतका रूपमा सेवारत रहनुभयो । पछि उहाँ आयलफिल्ड उकरण उत्पादन, वितरण र सेवासम्बन्धी कम्पनी सेन्ट्री इन्टरनेशनलका अध्यक्ष बन्नुभयो ।

सुरुमा श्री पम्पेओले सन् १९८६ मा वेस्ट पोइन्टस्थित युनाइटेड स्टेट्स मिलिटेरी एकेडेमीबाट आफ्नो अध्ययन पूरा गर्नुभयो र बर्लिन पर्खाल ढल्नुअघि आइरन कर्टेनको गस्ती गर्ने क्‍याभलरी अफिसरका रूपमा काम गर्नुभयो । उहाँले अमेरिकी सेनाको चौथो इन्फेन्ट्री डिभिजनमा दोस्रो स्क्वाड्रन, सातौँ क्‍याभलरीसँग पनि सेवा गर्नुभयो ।

सक्रिय सैन्य सेवा छाडेपछि श्री पम्पेओले हार्भर्ड ल स्कुलबाट अध्ययन पूरा गर्नुभयो । उहाँ त्यहाँ हार्भर्ड ल रिभ्युका सम्पादक पनि हुनुहुन्थ्यो ।

श्री पम्पेओ डिसेम्बर ३०, १९६३ मा ओरेन्ज, क्‍यालिफोर्नियामा जन्मनुभएको हो । उहाँ सुजन पम्पेओसँग विवाहित हुनुहुन्छ र उहाँहरूका एक छोरा निक हुनुहुन्छ ।