Flag

An official website of the United States government

पासपोर्ट सेवा
अमेरिकी राहदानीका लागि आवेदन दिनुहोस् वा राहदानी नवीकरण गर्नुहोस्

सूचना

मिति : २०७८ साउन ८ | सबै नियमित अमेरिकी पासपोर्ट, कन्सुलर रिपोर्ट अफ बर्थ अब्रोड (CRBA) तथा नोटरी सेवाहरू सुचारु भएका छन् । पासपोर्ट तथा नोटरी सेवाहरू मङ्गलवार र बिहीबार उपलब्ध छन् । ती सेवा प्राप्‍त गर्नका निम्ति कृपया अनलाइन अपोइन्टमेन्ट लिनुहोस् ।

के तपाईँ पासपोर्ट आवश्यक परेको अमेरिकी नागरिक हुनुहुन्छ ?

यदि तपाईँलाई नयाँ पासपोर्ट वा नवीकरण गरिएको पासपोर्ट चाहिएको छ अथवा तपाईँ यसबारे निश्‍चित हुनुहुन्न भने हाम्रो सरल पासपोर्ट विजर्डले तपाईँको योग्यता निर्धारण गर्न र आवेदनमा आवश्यक कागजात सङ्कलन गर्न मद्दत गर्नेछ ।

पासपोर्ट, नागरिकता वा जन्म दर्तासँग सम्बन्धित सेवाको आवश्यकता परेका अमेरिकी नागरिकका निम्ति वाक्-इन सुविधा छैन । यी सेवाहरू अपोइन्टमेन्टमार्फत मात्र उपलब्ध हुन्छन् ।

पासपोर्ट सेवाहरू सप्ताहान्तमा अथवा नेपाली वा अमेरिकी बिदाका दिनमा उपलब्ध हुँदैनन् ।

नियमित पासपोर्ट नवीकरणको प्रक्रियामा लाग्‍ने अवधि ३-४ हप्‍ता हो । यदि तपाईँ आगामी २ हप्‍ताभित्र यात्रा गर्दै हुनुहुन्छ भने थप जानकारीका लागि आकस्मिक पासपोर्ट हेर्नुहोस् ।

तपाईँलाई कुन फारामहरू आवश्यक छन् भन्ने के तपाईँलाई थाहा छ ?

यदि तपाईँलाई कुन-कुन फाराम भर्ने भनी थाहा छ भने, तपाईँले देहाय बमोजिम गर्न सक्नुहुन्छ :

  1. state.gov मा भएको हाम्रो फाराम पृष्‍ठमा सोझै जानुहोस् र सर्च फिल्डमा “पासपोर्ट” प्रविष्‍ट गर्नुहोस् ,
  2. हामी भएका स्थानहरूमध्ये एकमा अपोइन्टमेन्ट लिन हाम्रो अपोइन्टमेन्ट वेबसाइट मा जानुहोस्, अथवा
  3. State.gov मार्फत पासपोर्टसम्बन्धी निर्दिष्‍ट मार्गदर्शक जानकारी प्राप्‍त गर्नुहोस् ।