नेपालको सर्वोच्च अदालतले सन् २०१५ अगस्ट २५ मा सरोगेसी (भाडाको कोख) को सेवा रोकेको थियो र नेपालको मन्त्रिपरिषद्ले २०१५ सेप्टेम्बर १८ मा यसलाई सर्वोच्च अदालतको फैसलाको मितिदेखि नै लागू हुनेगरी औपचारिक रुपमा प्रतिबन्ध लगाएको थियो । यस’bout सर्वोच्च अदालतले सन् २०१६ डिसेम्बर १२ मा अन्तिम फैसला सुनाएको थियो, जसअनुसार सन्तान हुन नसक्ने नेपाली विवाहित दम्पतीले मात्र यो सेवा लिन पाउँछन्, एकल महिला वा पुरुष, तेस्रोलिङ्गी जोडी र विदेशी नागरिकहरूले पाउँदैनन् ।
सरोगेसी सेवा नेपालभित्र प्रतिबन्धित भएको कारण यससँग सम्बन्धित अभिलेखको प्रक्रिया यहाँबाट गर्न सकिँदैन । उदाहरणका लागि जन्मको प्रमाण लिन नसकिने, नेपालबाहिर आइभीएफ / सरोगेसी सेवा लिएको भएपनि नेपालमा सन्तान जन्मेको छ भने उसको भिसा वा एक्जिट पर्मिट नपाइने अवस्था छन् । भिसा वा एक्जिट पर्मिट नभएको खण्डमा नवजात शिशुले नेपाल छोडेर बाहिर जान पाउँदैन ।
सन् २०१५ अगस्ट २५ अघि गर्भाधान भई शिशु जन्मिन अझै बाँकी हुन सम्भव छैन, र कुनै पनि नयाँ शिशु जन्मको केसलाई नेपाल सरकारले प्रतिबन्ध लगाउनुपूर्व सुरु गरिएको प्रक्रिया हो भनी विश्वास गर्ने छैन । सरोगेसी सेवा दिने केही अन्तर्राष्ट्रिय संस्थाहरूले नेपाललाई अझै पनि यो सेवा प्राप्त गर्न सकिने सूचीमा राखिरहेका छन् । सो सेवा लिई सन्तान जन्माउन इच्छुक अभिभावकले नेपाललाई आफ्नो गन्तव्य नबनाउनु होला । साथै आइभीएफ / सरोगेसी सेवा लिने क्रममा त्यसको कुनै चरण नेपालभित्र सम्पन्न हुने वा नेपालमा बच्चा जन्मिने अवस्थाको सिर्जना नगर्नुहोला ।
विदेशमा कृत्रिम गर्भाधान वा सरोगेसी सेवा लिने सम्बन्धमा थप जानकारीका लागि अमेरिकी विदेश मन्त्रालयको वेबसाइट हेर्नुहोला ।
(Updated May 2018 )