An official website of the United States government
Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.
Secure .gov websites use HTTPS
A lock (
) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.
१. सबै सामानहरू “जस्तो छ र जहाँ छ” को आधारमा बिक्री गरिनेछ । सामानको गुणस्तर वा अवस्थाका सम्बन्धमा वा कुनै प्रयोजन / उद्देश्यका लागि उपयुक्त छ छैन भन्ने ’bout अमेरिकी सरकारले कुनै ग्यारेन्टी, वारेन्टी वा आधिकारिकता प्रदान गर्ने छैन ।
२. प्रत्येक लट सबैभन्दा बढी रकम बोल्ने बोलपत्रदातालाई बिक्री गरिनेछ ।
३. हरेक लिलामीको बेला सुरु हुने मिति र बन्द हुने मिति सहितको लिलामी खुला हुने अवधि तोकिनेछ ।
४. लिलामी अवधि सकिएपछि अमेरिकी दूतावासको कर्मचारीले सबैभन्दा बढी रकम बोल्ने बोलपत्रदाताहरूको मूल्याङ्कन गरी सफल बोलपत्रदाताहरूलाई ईमेल वा टेलिफोनमार्फत सूचित गर्नेछ । दूतावासको कार्मचारीले सफल बोलपत्रदाताहरूलाई रकम भुक्तानी एवम् सामान उठाउने समय’bout जानकारी गराउनेछ । (भुक्तानी प्रक्रिया ’bout हेर्नुहोस्)
५. दूतावासको क्याशियरले भुक्तानी पश्चात सामान बिक्रीको भुक्तानी बिल उपलब्ध गराउनेछ । सफल बोलपत्रदाताहरूले आफ्नो सामान लिन आउँदा उक्त बिल साथमा ल्याउनु पर्दछ ।
६. बिक्रीको लागि जिम्मेवार अधिकृतसँग कुनै पनि बोलपत्र अस्वीकार गर्ने अधिकार रहन्छ । बिक्री भएका समान फिर्ता गर्न पाइने छैन ।
७. अमेरिकी दूतावासबाट खरिद गरिएका सामानमा लागु हुने कुनै पनि भन्सार शुल्क र/वा कर सम्बन्धित नेपाली निकायलाई तिर्ने जिम्मेवारी खरिदकर्तामा रहनेछ ।
८. सामानहरू लैजान आवश्यक पर्ने गाडि वा श्रमशक्तिको बन्दोबस्त खरिदकर्ता स्वयंले गुर्न पर्दछ ।
९. रकम भुक्तनी भैसकेका सामान तोकिएको समयभित्र नलगिएमा त्यसलार्इ फालिनेछ र त्यसरी फालिएको सामान तपार्इंले प्राप्त गर्न सक्नुहुने छैन ।
१०. अमेरिकी सरकारको नियम अनुसार यसरी खरिद गरिएको सामान अमेरिकामा निर्यात गर्न प्रतिबन्धित छ ।
कृपया कल गर्नुहोस्: 01-4234000
कार्यालय समयबाहेकमा, सम्पर्क गर्नुहोस्: 01-4234000
नेपालबाहिर: +977-1-4234000
आपतकालीन सम्पर्क - सबै स्थानहरू STEP मा नामाङ्कन गर्ने अन्तर्राष्ट्रिय बाल अपहरण अमेरिकी नागरिकको गिरफ्तारी अमेरिकी नागरिकको मृत्यु अपराध पीडित आकस्मिक आर्थिक सहायता