अमेरिकी राजदूतद्वारा नवनिर्वाचित प्रधानमन्त्रीसँग शिष्टाचार भेट

Photo by: U.S. Department of State (IIP Bureau)

२०७३ साउन २४

काठमाडौँ – आज बिहान अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ । शिष्टाचार भेटका क्रममा राजदूत टेपलेट्जले नेपालको लोकतन्त्रप्रतिको प्रतिबद्धताका साथै नयाँ संविधानअन्तर्गत शान्तिपूर्ण प्रक्रियाबाट भएको सरकार परिवर्तनको सराहना गर्नुभयो ।

“थप लोकतान्त्रिक, समृद्ध र स्थिर राष्ट्र निर्माणमा संयुक्त राज्य अमेरिका नेपाली जनता र नेपाल सरकारसँगको साझेदारीलाई निरन्तरता दिने कुरामा प्रतिबद्ध छ ।”

शिष्टाचार भेटका क्रममा राजदूत टेपलेट्जले नयाँ सरकारलाई संविधान कार्यान्वयन, पुनर्निर्माण र आर्थिक विकासका महत्त्वपूर्ण कार्यलाई निरन्तरता दिन समेत आग्रह गर्नुभयो ।

###