अमेरिकी नागरिक सेवा

कुनै पनि अमेरिकी नागरिक नेपालमा पक्राउ परेमा, हराएमा, हिंसात्मक अपराधको पीडित भएमा, बिरामी वा मृत्यु भएमा, वा आकस्मिक सहयोग प्राप्त गर्नुपर्ने स्थिति आएमा उक्त व्यक्तिलाई काठमाडौंस्थित अमेरिकी दूतावासको कन्सुलर शाखाले मद्दत गर्न सक्नेछ । हामीले स्थानीय स्रोत’bout जानकारी प्रदान गर्नुका साथै अमेरिकामा रहेका परिवारजनहरूलाई समेत सम्पर्क गरी घटना’bout बताइदिन सक्छौं ताकि उनीहरूले आवश्यक निर्णय लिन तथा आर्थिक एवम् बन्दोबस्ती सहयोग प्रदान गर्न सक्नेछन् । हराएका वा चोरी भएका राहदानीहरू सामान्य कार्यालय समयमा मात्र प्रतिस्थापित गर्न सकिनेछ ।

गैरआकस्मिक सेवाहरूका लागि यहाँ गई अनलाइन मार्फत समय (अपोइन्टमेन्ट) लिन सकिन्छ । कन्सुलर शाखासँग अपोइन्टमेन्ट लिइसकेपछि अपोइन्टमेन्टको दिन दूतावास आउँदा कृपया अपोइन्टमेन्ट पक्का भएको कन्फरमेशन प्रिन्टआउट साथमा ल्याउनुहोला । टेलिफोन मार्फत अपोइन्टमेन्ट लिन मिल्दैन ।

अमेरिकी नागरिक सेवाका लागि लाग्ने शुल्कका सम्बन्धमा कन्सुलर शाखाले अमेरिकी डलर तथा नेपाली रुपैयाँ दुवै मुद्राका साथै अन्तर्राष्ट्रिय मान्यताप्राप्त क्रेडिट कार्डहरूद्वारा पनि भुक्तानी स्वीकार गर्दछ । भिसासम्बन्धी सेवाहरूका लागि भने क्रेडिट कार्ड मार्फत शुल्क तिर्न मिल्दैन ।