गैरआकस्मिक अमेरिकी नागरिक सेवाका लागि कन्सुलर शाखा खुल्ने नियमित समय

सन् २०१६ मे महिना देखि गैरआकस्मिक अमेरिकी नागरिक सेवाका लागि निम्न दिन र समयमा (स्थानीय तथा अमेरिकी बिदाका दिन बाहेक) अपोइन्टमेन्ट लिन सकिन्छ :

राहदानी तथा CRBA (विदेशमा भएको जन्मसम्बन्धी कन्सुलर प्रतिवेदन) सेवा                 नोटरी सेवा
मङ्गलबार : दिउँसो १:०० – ३:०० बजेसम्म सोमबार, बिहीबार, शुक्रबार :  दिउँसो १:०० – ३:०० बजेसम्म

तपार्इंले http://go.usa.gov/Yjc मा गर्इ अपोइन्टमेन्ट तालिका हेर्न तथा अपोइन्टमेन्ट लिन सक्नुहुन्छ ।

कृपया ध्यान दिनुहोस् : तपाईंले एकपटक वेबपेज बन्द गरिसकेपछि आफ्नो अपोइन्टमेन्टको तारिख र समय पुनः हेर्न सक्नुहुने छैन । तपाईंले अपोइन्टमेन्ट लिने बित्तिकै आफूलाई दिइएको अपोइन्टमेन्टको तारिख र समय टिपेर राखिहाल्न हामी सुझाव दिन्छौं ।