आकस्मिक सेवा

आपतकालीन अवस्थामा स्थानीय निकायहरू नै सबैभन्दा उत्तम सहयोगी हुन सक्छन् । अधिकांश स्थानीय अधिकारीहरूलाई फोनमार्फत सम्पर्क गर्न सकिन्छ । कतिपय अवस्थामा सरकारी वा प्रहरी अधिकृतहरूलाई कार्यालयमै गएर भेट्नुपर्ने हुन्छ ।

आपतकालीन अवस्थामा ‘१००’ मा फोन गरी नेपाल प्रहरीलाई सम्पर्क गर्न सकिनेछ । यो फोन नम्बर अमेरिकाको ‘९११’ नम्बर जस्तै हो । यसबाट नेपाल प्रहरीलाई २४सै घण्टा सम्पर्क गर्न सकिनेछ ।

पर्यटक प्रहरीले प्रायः राम्रो अङ्ग्रेजी बोल्छन् । विदेशीहरूका लागि प्रहरीका अन्य निकायभन्दा पर्यटक प्रहरीसँग सहयोग लिन सजिलो हुन्छ । सहयोगका लागि अधिकांश समय पर्यटक प्रहरी पर्यटकीय स्थलको आसपास उपलब्ध हुन्छन् । उनीहरूसँग सम्पर्क गर्ने हटलाइन नम्बर ११४४ हो ।

यसअतिरिक्त,

आगलागीको अवस्थामा १०१ डायल गर्नुहोला ।
एम्बुलेन्सका लागि १०२ डायल गर्नुहोला ।
ट्राफिक कन्ट्रोलका लागि १०३ डायल गर्नुहोला ।
टोलिफोन इन्क्वायरीका लागि १९७ डायल गर्नुहोला ।

आपतकालीन सहयोगका लागि अमेरिकी नागरिकहरूले अमेरिकी दूतावासमा जुनसुकै बेला पनि सम्पर्क गर्न सक्नेछन् । मृत्यु, पक्राउ, गम्भीर रोग वा चोटपटक, अथवा कुनै प्रकारको जीउधनमा खतरा हुने अवस्था भएमा अमेरिकी नागरिकहरूले दूतावासको फोन +९७७–१–४२३–४००० मा फोन गर्नुहोला । कार्यालय खुलेको समयमा भए फोन अपरेटरलाई आफू अमेरिकी नागरिक भएको र आपतकालीन सहयोग चाहिएकाले अमेरिकी नागरिक सेवा युनिटमा फोन सम्पर्क गराइमाग्नु होला । अन्य समयमा भए अपरेटरलाई ड्युटी अफिसरलाई सम्पर्क गराइदिन अनुरोध गर्नुहोला । अमेरिकी नागरिकको आपतकालीन सहयोगका लागि ड्युटी अफिसर हरहमेशा उपलब्ध हुनेछन् । तर भिसा वा अन्य नियमित सेवाका लागि ड्युटी अफिसरलाई सम्पर्क नगर्नुहोला । माथिको फोन नम्बरमा सम्पर्क हुन नसकेको अवस्थामा +९७७–१–४००–७२०० मा पनि सम्पर्क गर्न सक्नुहुनेछ ।

अमेरिकी विदेश विभागको वैदेशिक नागरिक सेवा (ओभरसिज सिटिजन सर्भिसेज) पनि सहयोगका लागि सदैव तत्पर छ । यसमा लागि अमेरिका वा क्यानाडाबाट +१–८८८–४०७–४७४७ ‌मा फोन गर्नुहोला । अन्य देशबाट भए +१–२०२–५०१–४४४४ मा फोन गर्नुहोला । अमेरिकी विदेश विभागको ओभरसिज सिटिजन सर्भिसेजले विदेशमा अमेरिकी नागरिकलाई पुर्‍याउने सेवाहरू सम्बन्धी जानकारी विदेश विभागको वेबसाइट http://travel.state.gov मा राखिएको छ ।

(+ चिन्ह अन्तर्राष्ट्रिय डायलिङ्ग प्रेफिक्स हो । अमेरिकामा भए + को ठाउँमा ०११ र अरु देशमा ०० थिच्नुपर्छ । उदाहरणका लागि अमेरिकाबाट सामान्य कार्यालय समयभित्र कल गर्दा ०११–९७७–१–४२३–४००० थिच्नुपर्छ ।)