नेपाल भ्रमण

हरेक वर्ष लाखौं अमेरिकी नागरिक कुनै झन्झटबिना विदेश यात्रामा निस्कन्छन् । तैपनि कतिपयले आपराधिक घटना, दुर्घटना, वा बिमारको सामना गर्नुपर्छ, अथवा उनीहरूका परिवार वा साथीले उनीहरूलाई आकस्मिक रूपमा सम्पर्क स्थापित गर्नुपर्ने अवस्था आउँछ । अमेरिकी दूतावासहरू र कन्सुलेटहरूले हरेका वर्ष करिब २००,००० अमेरिकी नागरिकलाई यस्तो अवस्थामा सहयोग गर्दै आएका छन् ।

नेपालमा आउने अमेरिकी नागरिकले पनि अनेक खालका समस्याहरू भोगिरहेका हुन्छन् । भ्रमणका दौरान कुनै आपतकालीन अवस्था आएमा वा प्राकृतिक प्रकोप, आतङ्क, आन्दोलन लगायतका घटनाको सामना गर्नु परेमा काठमाडौंस्थित अमेरिकी दूतावासले तपाईंलाई आवश्यक सहयोग र सूचना उपलब्ध गराउन सक्छ । आफ्नो भ्रमणको विवरण र बासस्थानको जानकारी दूतावासलाई उपलब्ध गराउनुभएमा आवश्यक परेको बेला हामीलाई तपाईंलाई खोज्न सजिलो हुन्छ । स्मार्ट ट्राभलर इनरोलमेन्ट प्रोग्राम मा साइन अप गरेर तपार्इंले आफ्नो भ्रमण व्यवस्थित र सुरक्षित बनाउन सक्नुहुनेछ । यसका लागि कुनै पैसा लाग्दैन र यो बाध्यकारी पनि होइन ।

नेपालमा प्राकृतिक प्रकोप, राजनैतिक अस्थिरता लगायतका अन्य खतरापूर्ण अवस्था आइरहन सक्छन् । त्यसैले नेपाल आउने सबै अमेरिकी नागरिकलाई अमेरिकी विदेश मन्त्रालयको वेबसाइटमार्फत स्मार्ट ट्राभलर कार्यक्रम https://step.state.gov/ मा इनरोल गरी अनलाइन फारम भर्नुहुन हामी विशेष आग्रह गर्दछौं ।

नेपालसम्बन्धी सूचना

नेपाल सरकारले २०७६ साउन १ गतेबाट लागु हुने गरी भिसा शुल्क वृद्धि गरेको छ । यससम्बन्धी थप जानकारी नेपालको अध्यागमन विभागको वेबसाइट http://www.nepalimmigration.gov.np/ राखिएको छ ।

  • सडक यात्रामार्फत नेपाल प्रवेश गर्ने अमेरिकी नागरिकहरूले नेपालको भिसा शुल्क तिर्नका लागि साथमा नगद अमेरिकी डलर बोक्नु पर्नेछ । भारतबाट भैरहवा चेक पोइन्टस्थित बेलहिया हुँदै नेपाल प्रवेश गर्ने अमेरिकी नागरिकहरूले नेपालको भिसा शुल्क अमेरिकी डलरमा नगद रकम बुझाउनुपर्छ भन्ने कुरामा सचेतना अपनाउन जरुरी छ । त्यहाँ क्रेडिट कार्ड वा अन्य मुद्रा स्वीकारिँदैन । सबै अमेरिकी नोटहरू नयाँ हुनु पर्दछ (सन् २००३ भन्दा अघिका हुनु हुँदैन) र राम्रो अवस्थामा हुनु पर्दछ (च्यातिएको, जीर्ण भएको, मुजा परेको, टालिएको आदि हुनु हुँदैन) । पैदल रूपमा सीमा पार गर्ने व्यक्तिहरूका लागि २४सै घण्टा सेवा उपलब्ध गराइन्छ ।

अमेरिकी विदेश मन्त्रालयले विश्‍वका सबै देशमा भ्रमणका लागि आवश्यक जानकारी दिन्छ । यसले सम्बन्धित देशमा अमेरिकी दूतावास वा कन्सुलर अफिसको ठेगाना, भिसा चाहिने वा नचाहिने व्यवस्था, शान्तिसुरक्षाको अवस्था, स्वास्थ्यसम्बन्धी व्यवस्था, लागुऔषधसम्बन्धी कानुन, र त्यहाँका खतरापूर्ण ठाउँहरू आदिको जानकारी उपलब्ध गराउँछ । कुनै देश जानुअघि तपाईंलाई चाहिने सूचनाको पहिलो स्रोत यही हुनसक्छ । नेपालसम्बन्धी सूचना नियमित रूपमा अद्यावधिक गरिएको हुन्छ । अन्य देशमा भन्दा नेपालमा गरिने भ्रमणको भिन्नै विशेषता हुनसक्छ । यहाँ गर्न मिल्ने हिमाली पदयात्रा, यहाँका स्थानीय जोखिमहरू, अमेरिकी नागरिकलार्इ सरोकार हुनसक्ने सरकारी नीति आदि ’bout जानकारी र सुझाव विदेश मन्त्रालयले दिन्छ । देशविशेषका जानकारी र अन्य उपयोगी सूचना विदेश मन्त्रालयको वेबसाइट http://travel.state.gov मा हेर्न सकिन्छ ।

भ्रमण सतर्कता/चेतावनी

भ्रमणका बेला अपनाउनुपर्ने सतर्कता वा यससँग सम्बन्धित चेतावनीहरू (Travel Alerts/Travel Warnings) नेपालको हकमा लागु भएका छन् भने यही वेबसाइटको सेफ्टी एण्ड सेक्युरिटी मेसेज पेजमा हेर्न सकिनेछ । यसलाई सोसल मिडिया र http://travel.state.gov  को भ्रमण सतकर्तासम्बन्धी अन्तर्राष्ट्रिय सूचीमार्फत पनि प्रकाशन गरिनेछ ।