औंठाछाप सेवा (फिंगरप्रिन्टिङ सर्भिस)

दूतावासले अमेरिकी आप्रवासनसम्बन्धी प्रक्रियाजस्ता केही सीमित अवस्थामा मात्र औंठाछाप सेवा दिन सक्छ । विदेशमा धर्मसन्तान ग्रहण वा अन्य आप्रवासनसम्बन्धी प्रक्रियाका लागि औंठाछाप सेवा लिन आवश्यक भएमा अपोइन्टमेन्टका लागि consktm@state.gov मा इमेल गर्नुहोला । यस्तो अपोइन्टमेन्ट मङ्गलबार वा शुक्रबार दिउँसो दुई बजेका लागि लिन सकिनेछ । यो सेवाका लागि प्रतिव्यक्ति ८५ अमेरिकी डलर तिर्नुपर्ने हुन्छ, जुन क्रेडिट कार्डमार्फत वा नगदमा (अमेरिकी डलर वा नेपाली रुपैयाँमा) तिर्न सकिनेछ । यो सेवा लिनका लागि तपाईंले आफ्नो पूरा नाम, जन्ममिति, पासपोर्ट नम्बर, उचाइ र तौलको विवरण दिनुपर्नेछ ।

अन्य कुनै प्रयोजनका लागि काठमाडौंमा औंठाछाप सेवा लिनुपरेमा नक्सालस्थित नेपाल प्रहरी मुख्यालयको केन्द्रीय अनुसन्धान व्युरोअन्तर्गत चालचलन शाखामा सम्पर्क राख्‍नुहोला । आफ्नो पासपोर्ट र भिसाको कपी पेस गरेपछि उक्त कार्यालयले तपाईंलाई एक पत्र दिनेछ, जुन लिएर केन्द्रीय प्रहरी विज्ञान तथा प्रयोगशाला कार्यालयमा औंठाछापका लागि जानुपर्नेछ । यो सेवाका लागि शुल्क लाग्दैन र एकै दिनमा सम्पन्न हुनसक्छ । उक्त कार्यालयले तपाईंले दिनुभएको फिंगरप्रिन्टिङ कार्ड प्रयोग गर्नेछ वा त्यो  नमिल्ने भएमा नयाँ कार्ड प्रयोग गर्न सक्नेछ । यो औंठाछाप सेवा विश्‍वभर मान्य हुनेछ ।

चालचलन शाखा
प्रहरी प्रधान कार्यालय, नक्साल
फोन : +977-01-4412783
ईमेल : chalchalan@nepalpolice.gov.np
केन्द्रीय प्रहरी विज्ञान तथा प्रयोगशाला कार्यालय
विधि विज्ञान प्रयोगशाला, सामाखुशी
फोन : +977-01-4414643