राहदानी तथा अन्य सेवा

नो अब्जेक्शन चिठी

नेपालमा नियमित व्यवसाय गर्ने अमेरिकी नागरिकहरूलाई कहिलेकाहीँ दूतावासबाट जारी गरिएको लेटर अफ इन्ट्रोडक्शन (आफ्नो परिचय दिने चिठी) वा नो अब्जेक्शन लेटर (आफू’bout कुनै आपत्ति नभएको जनाउने चिठी) प्रस्तुत गर्न लगाइन्छ । यस्ता किसिमका अनुरोधहरू सामान्य हुन् । जस्तै जब कुनै अमेरिकी नागरिकले नेपालमा सवारी साधन खरिद गर्न चाहन्छ वा तेस्रो मुलुकको लागि भिसा आवेदन गर्न चाहन्छ यस्ता चिठी प्रस्तुत गर्न लगाइन सक्छ । कृपया बुझ्नुहोस् कि दूतावासले कुनै पनि व्यक्तिलार्इ यस्ता चिठीहरू जारी गर्दैन र त्यस्ता कार्य प्रयोजनका लागि वास्तवमा दूतावासको अनुमति आवश्यक पर्दैन ।

दूतावासले यस ’bout आफ्नो  नीति नेपाल सरकारलाई आधिकारिक कूटनीतिक पत्राचारमार्फत जानकारी गराइसकेको छ । अमेरिकी नागरिकहरूले यस दस्तावेजलाई (साइडबार हेर्नुहोस्) प्रिन्ट गरी चिठीको माग गर्ने अधिकारी समक्ष प्रस्तुत गर्न सक्नेछन् । वा त यही पेजलाई समेत प्रिन्ट गर्न सक्नेछन् । यसमा भएको जानकारीले नेपाली अधिकारीहरूलाई त्यस्ता चिठीहरू जारी गर्ने सम्बन्धी दूतावासको नीति’bout बुझाउन मद्दत पुर्याउन सक्नेछ ।

स्थानीय विवाह दर्ता गर्नका लागि नो अब्जेक्शन चिठीको आवश्यकता परेका अमेरिकी नागरिकहरूले एफिडेभिट फर एलिजिबिलिटी टु म्यारी (Affidavit for Eligibility to Marry) मा हस्ताक्षर गर्नु पर्दछ, जसको लागि अनलाइन अपोइन्टमेन्ट लिनुपर्दछ । नागरिकहरूले दूतावासको नोटरी सामु सेल्फ सर्भिङ्ग एफिडेभिटमा पनि हस्ताक्षर गर्न सक्छन्, जसको लागि समेत अपोइन्टमेन्ट लिनुपर्ने हुन्छ । हामीसँग कमन एफिडेभिट (common affidavit) र खाली नमूना फारम (blank template) दुबै उपलब्ध छन् । हस्ताक्षर र आधिकारिक छाप सहितको दूतावासको लेटरहेडमा तयार पारिएको औपचारिक कानूनी दस्तावेज अर्थात एफिडेभिट विभिन्न प्रयोजनका लागि सहयोगी साबित हुनसक्छ ।

नो अब्जेक्शन चिठीका सम्बन्धमा कुनै जिज्ञासा भएमा कृपया हामीलाई consktm@state.gov मा ईमेल गर्नुहोला ।