फोटो

काठमाडौंस्थित अमेरिकी दूतावासको पैदल दूरीमा थुप्रै फोटो खिच्ने पसलहरू छन् । राहदानीको लागि आवेदन गर्ने सबैले निम्न मापदण्डहरू मिल्ने एउटा फोटो प्रस्तुत गर्नुपर्दछ :

  • चश्मा लगाएर खिचेको राहदानी वा भिसाको फोटो अब देखि स्वीकार गरिने छैन ।
  • फोटो २″ x २″ (दुई बाई दुई ईन्च) को हुनुपर्छ (फोटोको सीमा नगनिकन) ।
  • फोटो हालैको अर्थात छ महिनाभित्र खिचिएको हुनुपर्छ ।
  • फाटोमा पूरै टाउको आउनु पर्दछ : कपालको टुप्पादेखि चिउँडोको तल्लो भागसम्म । टाउकोको उचाई १ ईन्च देखि १-३/८ ईन्च (२५ देखि ३५ मिलिमिटर) को हुनुपर्छ ।
  • आँखा फोटोको तल्लो सीमादेखि १-१/८ ईन्च देखि १-३/८ ईन्चको उचाइमा हुनुपर्छ ।
  • पृष्ठभूमि सेतो वा उडेको सेतो (अफ व्हाइट) रङ्गको हुनुपर्छ ।
  • आवेदकको अनुहार बीच भागमा तथा अगाडि फर्किएको हुनुपर्छ ।
  • फोटो रङ्गीन हुनपर्छ, श्याम-श्वेत (ब्ल्याक एण्ड ह्वाइट) हुनुहुँदैन ।
  • अनुहार वा पृष्ठभूमिमा कुनै छाया नपर्ने गरी खिचिएको हुनुपर्छ ।
  • फोटो सामान्य पोशाकमा खिचिएको हुनुपर्छ । टोपी, टाउको छोप्ने लुगा वा कालो चश्मा लगाएको हुनुहुँदैन । यदि धार्मिक कारणले कुनै त्यस्तो सामग्री दैनिक रूपमा लगाउनुपर्ने कारण फोटोमा लगाइएको हो भने आवेदकले तत्सम्बन्धी हस्ताक्षर सहितको बयान पेश गर्नुपर्छ । यदि स्वास्थ्यको कारणले त्यस्तो सामग्री दैनिक रुपमा लगाउनुपर्ने कारण फोटोमा लगाइएको हो भने आवेदकले चिकित्सकको हस्ताक्षर सहितको बयान पेश गर्नुपर्छ ।

डिजिटाइज गरिएको फोटोको सम्बन्धमा

यदि तपाईं डिजिटाइज गरिएको फोटो बुझाउन चाहनुहुन्छ भने उक्त फोटोले समेत राहदानीको फाटोको मापदण्डहरू पूरा गरेको हुनुपर्छ, नत्र त्यसलाई अस्वीकार गरिनेछ । केही प्रिन्टरहरूले ससाना थोप्लोहरू देखिने गरी वा धमिलो फोटो प्रिन्ट गर्ने गर्छन् । त्यस्तो फोटो मान्य हुने छैन । हामीलाई मान्य हुने फोटो उच्च गुणस्तरको फोटो धुलाउने कागजमा प्रिन्ट गरिएको हुनुपर्छ र सामान्य फोटो जस्तै नै देखिनुपर्छ जसमा आवेदकको अनुहार सफासँग देखिएको हुनुपर्छ । फोटो डिजिटल रुपमा सम्पादन गरिएको हुनुहुँदैन ।