सामाजिक सुरक्षा

सामाजिक सुरक्षा प्रशासन (Social Security Administration) सम्बन्धी जानकारीका लागि यस वेबसाइटमा जानुहोस् : http://www.ssa.gov

सामाजिक सुरक्षासम्बन्धी आवेदन वा दाबीका सम्बन्धमा अमेरिकी वा नेपाली नागरिकको सहयोगका लागि काठमाडौंस्थित अमेरिकी दूतावासको अमेरिकी नागरिक सेवा इकाइसँग सीमित स्रोत मात्र उपलब्ध छ । नेपाललाई हेर्ने सबैभन्दा नजिकको सामाजिक सेवा प्रशासन कार्यालय फिलिपिन्सको मनिलास्थित अमेरिकी दूतावासमा रहेको छ । तपाईंले मनिलास्थित फेडेरल बेनेफिट्स युनिट (Federal Benefits Unit) लाई प्रत्यक्ष सम्पर्क गर्न सक्नुहुन्छ :

सोसल सेक्युरिटी एड्मिनिस्ट्रेशन
अमेरिकी दूतावास मनिला, फिलिपिन्स
फोन : (६३२)३०१-२०००
फ्याक्स : (६३२)७०८-९७१४ वा (६३२)७०८-९७२३
र्इमेल : FBU.Manila@ssa.gov

पत्राचार गर्ने ठेगाना :
Social Security Administration
United States Embassy
1201 Roxas Boulevard
Ermita, Manila 0930
Philippines

हामी तपार्इंलार्इ सामाजिक सुरक्षाको रकम भुक्तानी अमेरिकी बैंकको खातामा सिधै जम्मा गराउन सुझाव दिन्छौं । तर यदि नेपालमा त्यस्तो किसिमको भत्ता प्राप्त गर्ने व्यक्तिहरू छन् भने दूतावासले उनीहरूको सामाजिक सुरक्षा तथा अन्य संघीय भत्ता (Federal Benefit) सम्बन्धी बैंक चेक अमेरिकाबाट प्राप्त गरी उनीहरूलार्इ नेपालमा वितरण गर्न सक्छ । हामीले प्राय:जसो त्यस्तो चेक डिपार्टमेन्ट अफ ट्रेजरी (Department of Treasury) बाट महिनाको १० देखि १५ तारिख भित्र प्राप्त गर्ने गर्छौं । प्रापकहरूले आफूले प्राप्त गर्नुपर्ने सबै चेक दूतावासले प्राप्त गरे नगरेको बुझ्न ०१-४२३-४००० मा फोन गर्न सक्नुहुन्छ । हामी तपाईंहरूलाई आफ्नो चेक मङ्गलबारका दिन १:३० देखि ३:३० बजेका बीच दूतावासमा आफू स्वयं प्रस्तुत भई सङ्कलन गर्न आग्रह गर्छौं । यदि तपाईंले सामाजिक सुरक्षा भत्ताको चेक प्राप्त गर्नु नभएमा वा हराउनुभएमा कृपया अमेरिकी नागरिक इकाइ (American Citizen Services) लाई consktm@state.gov मा ईमेल गरी खबर गर्नुहोला । हामी तपार्ईंको चेकको स्थिति पत्ता लगाउन अमेरिकी डिपार्टमेन्ट अफ ट्रेजरीसँग सहकार्य गर्नेछौं ।

सेवानिवृत्त सैनिक सुविधा (Veterans Benefits)

अमेरिकी फौजबाट सेवानिवृत्त भएका सैनिकले प्राप्त गर्नसक्ने सुविधाहरू ’bout तथा तपाईंले प्राप्त गरिराख्नुभएको सुविधा नेपालबाट कसरी लिने भन्ने ’bout थप जानकारी पाउनका लागि अमेरिकी सेवानिवृत्त सैनिक मामिला विभाग (United States Department of Veterans Affairs) को वेबसाइट www.va.gov मा जानुहोस् ।

(Updated May 2018)