Flag

An official website of the United States government

अमेरिकी दूतावासद्वारा मुस्ताङमा झोङ गुम्बा जीर्णोद्धार परियोजनाको उद्‌घाटन
2 MINUTE READ
जुन 10, 2019

Three individuals inaugurating Monastery
मुस्ताङ – अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरी र गण्डकी प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले मुस्ताङको झोङ गाउँमा

२०७६ जेठ २७

मुस्ताङ – अमेरिकी राजदूत र्‍यान्डी डब्लु. बेरी र गण्डकी प्रदेश सभा सदस्य महेन्द्रबहादुर थकालीले मुस्ताङको झोङ गाउँमा अवस्थित १६औँ शताब्दीको झोङ छोदे शेडूप छोपेल लिङ गोम्पा (झोङ गुम्बा) जीर्णोद्धार परियोजनाको उद्‌घाटन गर्नुभएको छ । २०७२ सालको भूकम्पबाट गम्भीर क्षति पुगेको उक्त ऐतिहासिक स्थलको जीर्णोद्धार तथा भूकम्पीय सबलीकरणको १ लाख २३ हजार ६८१ अमेरिकी डलरको बजेटमध्ये अमेरिकी दूतावासले सांस्कृतिक संरक्षणसम्बन्धी राजदूत कोष (एएफसीपी) मार्फत १ लाख अमेरिकी डलर रकम योगदान गरेको छ । झोङ गुम्बा व्यवस्थापन समितिले बाँकी २३ हजार ६८१ अमेरिकी डलर रकम बेहोर्नेछ भने हेरिटेज एण्ड इन्भाइरोमेन्ट कन्जर्भेसन फाउन्डेशन नेपाल (एचईसीएफएन) ले जीर्णोद्धार सम्पन्न गर्नेछ । उक्त जीर्णोद्धार कार्य सन् २०२० को सेप्टेम्बर महिनाभित्र पुरा गर्ने कार्यक्रम छ ।

स्थानीय समुदाय तथा झोङ गुम्बा व्यवस्थापन समितिसँग व्यापक परामर्श गर्दै एचईसीएफएनले उक्त संरचनालाई भूकम्पीय रूपमा बलियो बनाउनुका साथै गुम्बाभित्र रहेका शताब्दीऔँ पुराना चित्रकलाको समेत जगेर्ना गर्नेछ । परियोजनाले स्थानीय कारिगरहरूलाई काममा संलग्न गराउनेछ भने परियोजना समापन भइसकेपछि गुम्बाको मर्मतसम्भार कायम गर्नका लागि स्थानीय युवालाई स्थलगत तालिम समेत उपलब्ध गराइनेछ ।

सांस्कृतिक संरक्षणको क्षेत्रमा नेपालसँगको हाम्रो साझेदारी हामीबिचको आपसी मित्रताको ठोस प्रतीक हो र यसले नेपालको विविध र समृद्ध सम्पदाप्रतिको हाम्रो सम्मान दर्शाउँछ,” राजदूत बेरीले भन्नुभयो । यस जीर्णोद्धारले यस्ता संरचनाहरूको संरक्षण गर्ने स्थानीय सामुदायिक
प्रयत्‍नलाई सहयोग गर्नुका साथै भावी पुस्तालाई हिमालयन संस्कृतिका यस्ता अनुपमअमूल्य निधिको हेरचाह गरिरहन हौसला प्रदान गर्नेछ ।

विकासोन्मुख देशहरूमा सांस्कृतिक सम्पदाको संरक्षणार्थ प्रत्यक्ष अनुदान सहयोग उपलब्ध गराउने एएफसीपी अमेरिकाको एक मात्र सरकारी कार्यक्रम हो । सन् २००३ यता अमेरिकी दूतावासले नेपालमा सांस्कृतिक संरक्षणका अन्य २४ परियोजनालाई सहयोग गरी कुल ३३ लाख ७० हजार अमेरिकी डलर खर्चिसकेको छ । नेपालमा एएफसीपी परियोजनाअन्तर्गत उपल्लो मुस्ताङमा प्राचीन बौद्ध छोर्तेनहरूहुम्लामा ११औँ शताब्दीको रिन्चेन्लिङ गुम्बार काठमाडौँमा ऐतिहासिक गद्दी बैठक लगायतको जीर्णोद्धार गरिसकिएको छ ।

###