नेपालस्थित अमेरिकी दूतावासको नयाँ वेबसाईट शुरु

२०७३ मङ्सिर २०

काठमाडौं – नेपालस्थित अमेरिकी दूतावासले भर्खरै आफ्नो नयाँ वेबसाईट https://np.usembassy.gov सार्वजनिक गरेको छ।

यो नयाँ र परिमार्जित वेबसाईट मोबाईल मैत्री हुनुका साथै यसको गृहपुष्ठबाटै सजिलोसंग भिषा, अमेरिकी नागरिका लागि सेवाहरु, रोजगारका अवसरहरुका साथै अमेरिकी बिदेश नीतिका ’boutमा जानकारी प्राप्त गर्न सकिन्छ।

नेपालस्थित अमेरिकी नागरिकहरुले राहदानी, व्यवसायीहरुले नेपाल र अमेरिकामा सञ्चालन गर्न सकिने व्यवसाय र बिद्यार्थीहरुले अमेरिकामा अध्ययन सम्बन्धी थप जानकारी प्राप्त गर्न सक्नुहुनेछ। प्रयोगकर्ताहरुले गृह पृष्ठमा साईन-अप गरी ईमेल मार्फत नयाँ गतिबिधीहरु थाहा पाउन सुबिधा समेत रहेको छ।

धेरैजसो नेपालीहरुले मोबाईल मार्फत हाम्रो वेबसाईट प्रयोग गर्नुहुने भएकाले यो वेबसाईट मोबाईल प्रयोगकर्ताहरुमा थप सहज पहुँच हुने अभिप्रायले परिमार्जित गरिएको छ। यसले मोबाईल ईन्टरनेटबाटै चाँडै सूचना र सामाग्रीहरु उपलब्ध गराउन सहयोग गर्दछ।

###