Flag

An official website of the United States government

अमेरिकी सरकारद्वारा एन्टी-रेट्रोभाइरल (एआरभी) औषधीको आपत्कालिक हस्तान्तरण
2 MINUTE READ
मे 15, 2020

नेपालले गएको वैशाख ३१ गते बुधवार गत मार्च महिनादेखि अभाव रहिआएका अति आवश्यक एन्टी-रेट्रोभाइरल (एआरभी) औषधीको एक खेप प्राप्त गरेको छ । यी औषधीले नेपालमा रहेका १८,६२८ जना एचआइभी सङ्क्रमित व्यक्ति (पिएलएचआइभी) को कोभिड-१९ सङ्कटका माझ पनि हेरचाहको निरन्तरता सुनिश्चिइत गर्नेछन् । औषधीको यो खेप आउनु अघि नेपालमा एआरभी सकिन केही दिन मात्र बाँकी थियो भने केही बिरामीसँग औषधीको एक-दुई मात्रा मात्र बाँकी रहेको थियो ।

नेपालमा रहेका एचआइभी सङ्क्रमितका लागि औषधीको निर्बाध आपूर्ति सुनिश्चि।त गर्न यी जीवन-रक्षक औषधीको खरिद तथा आयातमा भारत र नेपाल दुवैका आपूर्तिकर्ता, ढुवानीकर्ता, र अधिकारीहरूसँग सहकार्य गर्न पाएकोमा अमेरिकी सरकारले खुसी मानेको छ । तीन लाख डलरभन्दा बढी मूल्यका यी एआरभी औषधी खरिद गर्न एड्सबाट राहतका लागि अमेरिकी राष्ट्रैपतीय आपत्कालीन योजना (पेपफार) मार्फत युएसएआइडी र द ग्लोबल फन्डले साझेदारी गरेका हुन् ।

विश्वोव्यापी स्वास्थ्यका लागि द्विपक्षीय सहायतामा अमेरिका दशकौँदेखि विश्वतकै सर्वाधिक ठुलो प्रदायक रहिआएको छ । विगत २० वर्षमा नेपाललाई प्रदान गरिएको करिब ६० करोड ३० लाख डलरको स्वास्थ्य सहायता सहित, सन् २००९ देखि अमेरिकी करदाताले विश्व्व्यापी रूपमा १०० अर्व डलर भन्दा बढीको स्वास्थ्य सहायता र करिब ७० अर्वको मानवीय सहायता उदारतापूर्वक प्रदान गरेका छन् ।

नेपालमा युएसएआइडीका कामका ’boutमा थप जानकारीका लागि हेर्नुहोस् : https://www.usaid.gov/nepal

###