अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रमद्वारा खाद्य सुरक्षाका लागि तथ्याङ्क निर्देशित समाधानसम्बन्धी ३ लाख डलरको प्रतियोगिता घोषणा

२०७३ माघ २७

काठमाडौँ – अमेरिकी सरकारको फिड द फ्‍युचर कार्यक्रममार्फत अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) नेपाली कृषकहरूलाई कृषि उत्पादकत्वको उपयोगिता बढाउन सघाउन सक्ने इनोभेटर (प्रवर्तक) हरूको खोजीमा छ । प्रवर्तकहरूले साना किसानलाई उत्पादकत्व सुधार गर्न सघाउने औजार पत्ता लगाउनु पर्नेछ । युएसएआईडीद्वारा आर्थिक सहयोग उपलब्ध गराइने यस प्रतियोगिताले नेपालको विविध भूभागका लागि तयार पारिएका सोलुसन (समाधान) का लागि ३ लाख अमेरिकी डलर प्रदान गर्नेछ ।

यस प्रतियोगिताले कृषक र समुदायका पात्रहरूलाई आफ्नो उत्पादकत्व र बजार योजनालाई दिगो तरिकाले बलियो बनाउनका लागि प्रभावकारी चयनमा सहयोग गर्नका निम्ति अझ राम्रो डाटा (तथ्याङ्क) जुटाउने र सदुपयोग गर्ने लक्ष्य लिएको छ । साना किसान र समग्रमा नेपालकै कृषि क्षेत्रका निम्ति सर्वोत्कृष्ट समाधान प्रस्तुत गर्ने चार जना विजेतालाई नगद पुरस्कार र परामर्श प्रदान गरिनेछ ।

“मौसम, कीट, माटो र बाली व्यवस्थापनसम्बन्धी एकमुष्ट तथ्याङ्क साना किसानका लागि अति महत्त्वपूर्ण जानकारी हो,” युएसएआईडीका नेपाल निर्देशक पिटर मालनाकले भन्नुभयो । “स्थानीयकृत, मौसमी अन्तरदृष्टिहरूले बिउ, सिचाइ र कीटनाशकको प्रयोग ’bout राम्रा निर्णय गर्न सघाउन सक्छन्, जसले गर्दा बाली उत्पादन र प्रभावकारितामा समेत सुधार आउँछ ।”

समाधानहरूले देहायका एक वा बढी अवस्था पूरा गरेको हुनु पर्नेछ :

  • धान, अन्य बाली र तरकारीको उत्पादन सुधारका लागि सामयिक अन्तर्ज्ञान उत्पन्न गर्ने ।
  • नेपालका प्राकृतिक स्रोतको थप दिगो प्रयोगलाई सघाउने (जस्तै, जैविक विविधता वृद्धि गर्ने, पानी अझै दिगो तरिकाले प्रयोग गर्ने, जमिनको प्रयोगमा सुधार गर्ने) ।
  • विस्तारित सेवा तथा कृषिजन्य तथ्याङ्कसँगको सम्बन्ध प्रदान गरी उत्पादक तथा आपूर्तिकर्ता दुवै लगायत कृषि बजारलाई सक्षम बनाउने ।
  • नेपालमा कृषि उपजको प्रभाव र कार्यान्वयन पक्षमा सुधार गर्ने (जस्तै, मलको अझै राम्रो प्रयोग, गुणस्तरीय वर्ण सङ्कर/खुला पराग सेचित बिउ उत्पादन)
  • अनावृष्टि र बाढी जस्ता विपद्का कारण उत्पन्न हुने कृषि उत्पादन जोखिमको व्यवस्थापन गर्नका लागि सामयिक र अभियोज्य जानकारी तयार पार्ने ।

यो प्रतियोगिता २०७३ चैत २४ गतेसम्म खुला रहनेछ । आवेदनसम्बन्धी थप जानकारीका लागि :

http://datadrivenfarming.challenges.org/

# # #