नेपालको स्थानीय तह निर्वाचनको दोस्रो चरणसम्बन्धी संयुक्त राज्य अमेरिकाको वक्तव्य

२०७४ असार १२

स्थानीय तह निर्वाचनको दोस्रो चरणलाई स्वतन्त्र, स्वच्छ तथा पारदर्शी रूपमा सम्पन्न गर्नका निम्ति नेपाल सरकार, निर्वाचन आयोग, नागरिक समाज, राजनीतिक दल र नागरिक लगायत सबै सरोकारवालाहरूले गरेको प्रयत्‍नको संयुक्त राज्य अमेरिका उच्च मूल्याङ्कन गर्न चाहन्छ । निर्वाचनद्वारा नै नागरिकले आफ्नो राजनीतिक इच्छा व्यक्त गर्दछन् । यस अधिकारलाई नेपालको कानुन र संविधानका साथै मानव अधिकारको विश्‍वव्यापी घोषणाको धारा २१ मा प्रत्याभूत गरिएको छ ।

असार १४ गते हुन लागेको दोस्रो चरणको स्थानीय निर्वाचनका लागि उचित वातावरण निर्माण गर्नका लागि हामी सबै सरोकारवालाहरूलाई आग्रह गर्न चाहन्छौँ ताकि प्रदेश १, ५ र ७ का नागरिकहरूलाई स्थानीय जनप्रतिनिधि चुन्नका लागि शान्तिपूर्ण रूपमा आफ्नो लोकतान्त्रिक अधिकार अभ्यास गर्ने अवसर मिलोस् ।

हामी सबै पक्षहरूलाई अभिव्यक्तिको स्वतन्त्रताका साथै शान्तिपूर्ण रूपमा भेला हुन पाउने स्वतन्त्रता तथा नेपालको कानुन र संविधानमा व्यवस्था गरिएबमोजिमको मतदाताको अधिकारलाई सम्मान गर्न आग्रह गर्दछौँ । साथै, हामी सुरक्षा निकायलाई पनि कर्तव्य पालना गर्दा संयम अपनाउन र प्रचलित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डहरूको पालना गर्न आग्रह गर्न चाहन्छौँ ।

शान्तिपूर्ण, समावेशी, व्यापक समर्थन-प्राप्‍त तथा विश्‍वसनीय निर्वाचन प्रक्रियाका लागि सबै सरोकारवालाहरूसँग सहकार्य गर्नका लागि संयुक्त राज्य अमेरिका प्रतिबद्ध छ ।

###