अमेरिकाद्वारा नवनिर्मित बाह्रबीसे स्वास्थ्य केन्द्र हस्तान्तरण

२०७५ जेठ ३०

काठमाडौँनेपालका लागि अमेरिकी राजदूत अलाइना बी. टेपलेट्जले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री उपेन्द्र यादवसँग संयुक्त रूपमा सिन्धुपाल्चोक जिल्लास्थित नवनिर्मित बाह्रबीसे प्राथमिक स्वास्थ्य सेवा केन्द्रको हस्तान्तरण गर्नुभएको

हस्तान्तरण समारोहमा आफ्नो मन्तव्यका क्रममा राजदूत टेपलेट्जले भन्नुभयो, “७० वर्षभन्दा लामो समयदेखि अमेरिका नेपालबीच आपसी रूपमा लाभदायी सम्बन्ध रहँदै आएको २०७२ सालको भूकम्पले अकल्पनीय क्षति पुर्यायो परिवारहरू विस्थापित भए। विद्यालय भवनहरू ध्वस्त भए स्वास्थ्य केन्द्रहरू क्षतिग्रस्त भए यस्तो कठिन घडीमा सहयोगी हातको निकै ठूलो महत्त्व हुन्छ विपद्को यस्तो घडीमा नेपाल सरकार नेपाली जनताप्रतिको आफ्नो गहिरो मित्रता प्रदर्शन गर्न अमेरिकी सरकार सक्षम भएकोमा हामीलाई गर्व लागेको

अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) मार्फत अमेरिकी जनताले उदारतापूर्वक उपलब्ध गराएको सहायताका कारण १८ लाख डलरको उक्त पुनर्निर्माण परियोजना सम्भव बनेको हो परियोजनाअन्तर्गत दुई नयाँ भवन निर्माण गर्नुका साथै साबिकको एक भवनको जीर्णोद्धार गरिएको भने सबै भवनलाई पूर्ण रूपमा स्वास्थ्य मन्त्रालयका मापदण्ड बमोजिम सुविधा सम्पन्न बनाइएको क्रिएटिभ बिल्डर्स कन्सर्न, लिमिटेडको करारअन्तर्गत उक्त परियोजनाको कार्यान्वयन युएस आर्मी कोर अफ इन्जिनियर्सले गरेको हो

बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्र २०७२ सालको भूकम्पपछि युएसआईडीको आर्थिक सहयोगमा पुनर्निर्मित हुने पहिलो स्वास्थ्य संस्था हो बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रले ठूलो सङ्ख्याका बिरामीहरूलाई सेवा पुर्याउने हुँदा युएसएआईडी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले संयुक्त रूपमा सो केन्द्रको पुनर्निर्माणलाई उच्च प्राथमिकताका रूपमा पहिचान गरेका थिए १५ शय्याको बाह्रबीसे प्राथमिक स्वास्थ्य केन्द्रले खतरामा रहेका शिशु जोखिमपूर्ण अवस्थामा रहेका गर्भवती महिला तथा आमाहरू लगायत ग्रामीण भेगका एक लाख १२ हजार मानिसलाई प्राथमिक स्वास्थ्य उपचार प्रदान गर्दछ

२०७२ सालको भूकम्पयता अमेरिकी सरकारले भूकम्प प्रतिकार्य तथा पुनरुत्थानमा १९ करोड अमेरिकी डलर लगानी गरेको युएसएआईडीले १५ हजारभन्दा बढी इन्जिनियर, निर्माण व्यवसायी, वास्तुशिल्पी, डकर्मी सिकर्मीलाई भूकम्प प्रतिरोधी निर्माण विधिसम्बन्धी तालिम दिनुका साथै घरधनीहरूलाई सुरक्षाका आधुनिक मापदण्ड प्रयोग गरी १६ हजारभन्दा बढी घर पुनर्निर्माण गर्न सघाएको त्यसका अतिरिक्त, दुई लाख २९ हजार ७५० भन्दा बढी भूकम्पपीडित व्यक्तिलाई गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच दिलाउनका लागि युएसएआईडी अन्य स्वास्थ्य संरचनाको पुनर्निर्माणको प्रक्रियामा जुटेको

# # #