Flag

An official website of the United States government

युएसएआईडीद्वारा जाजरकोट भूकम्पपछिको पुनरोत्थान प्रयासमा १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा
18 MINUTE READ
फ्रेवुअरी 8, 2024

काठमाडौँ, नेपालअमेरिकी सरकारले युएसएआईडीमार्फत गत कात्तिकमा जाजरकोटमा गएको विनाशकारी भूकम्पपछि पुनरोत्थानको प्रयासमा सहयोग गर्न १३ लाख ७० हजार डलर सहयोग गर्ने घोषणा गरेको

२०८० कात्तिक १७ गते जाजरकोट रुकुम पश्चिम जिल्लामा गएको . म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १५४ जनाको ज्यान गयो सयौँ घाइते भए साथै घर तथा भवनहरूमा क्षति पुग्यो यसको परिणामस्वरूप व्यापक विस्थापन हुनपुग्यो, अत्यावश्यक सेवाहरूको प्रवाहमा व्यवधान आइपर्‍यो आश्रय, खाना, सफा पानी तथा स्वास्थ्य सेवाको तत्काल आवश्यकता सिर्जना भयो

सेभ चिल्ड्रेनमार्फत कार्यान्वयन गरिएको युएसएआईडीको सहयोगले भूकम्प प्रभावित समुदायलाई जाडोको सामना गर्न, भूकम्पले गरेको विनाशबाट तङ्ग्रिन अन्ततः सुरक्षित पुनर्निर्माण गर्न मद्दत गर्नेछ

भूकम्पलगत्तै युएसएआईडीले आफ्ना विद्यमान कार्यक्रमहरूको ध्यानलाई अति आवश्यक राहत सामग्री, पानीको गुणस्तर परीक्षण गर्ने उपकरण भौतिक पुनर्स्थापनाका लागि सहयोग उपलब्ध गराउने दिशातर्फ मोड्यो यो द्रुत सहयोग सन् २०१९ देखि युएसएआईडीले कर्णालीमा विपद् जोखिम न्यूनीकरण उत्थानशीलताका लागि गर्दैआएको करोड ३३ लाख डलरभन्दा बढी लगानीका अतिरिक्त प्रदान गरिएको हो साथै, आगामी महिनाहरूमा दीर्घकालीन पुनरोत्थान, पुनर्निर्माण पुनर्स्थापना कार्यलाई निरन्तरता दिइनेछ