Flag

An official website of the United States government

नेपालमा जवाफदेहितालाई मजबुत बनाउन र पारदर्शिताको प्रवर्द्धन गर्नका लागि युएसएआईडीद्वारा महालेखापरीक्षक सहयोग
1 MINUTE READ
जुन 16, 2023

काठमाडौँ – अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआईडी) काकाउन्सेलर क्लिन्टन ह्वाइटले आज युएसएआईडी महालेखापरीक्षक सहयोग परियोजना शुभारम्भ भएको घोषणा गर्नुभएको छ । नेपाल सरकारको महालेखापरीक्षकको कार्यालय र अमेरिकी सरकारको जवाफदेहितासम्बन्धीकार्यालय, सेन्टर फर अडिट एक्सलेन्सबिचको यो महत्त्वपूर्ण साझेदारी जवाफदेहिता अभिवृद्धि गर्न र पारदर्शिता प्रवर्द्धन गर्नप्रति लक्षित छ ।

कार्यक्रममा बोल्दै काउन्सेलर ह्वाइटले भन्नुभयो, “युएसएआईडी महालेखापरीक्षक सहयोग परियोजनाले महालेखापरीक्षकको कार्यालय, नेपाल र युएसएआईडीबिचको सहकार्यमूलक साझेदारीलाई झल्काउँछ । जालसाजी पत्ता लगाउने महालेखापरीक्षकको कार्यालयको क्षमतालाई बलियो बनाउने र सार्वजनिक वित्तीय व्यवस्थापनमा पारदर्शिता तथा जवाफदेहिता सुनिश्चित गर्न नेपाल सरकारको नीति तथा कार्यविधिको कार्यान्वयनलाई बलियो बनाउने साझेदारहरूको साझा लक्ष्य रहेको छ ।”

यस सहकार्यले महालेखापरीक्षकको कार्यालय, नेपाललाई लेखापरीक्षणकोगुणस्तर सुधार गर्नका लागि तालिम तथा प्राविधिक सहायता प्रदान गर्नेलक्ष्य लिएको छ । साथै, प्रशिक्षण तथा परामर्शमार्फत परिणामहरूकोप्रभावकारी सञ्चार र दिगो क्षमता अभिवृद्धि गर्ने लक्ष्य समेत लिइएको छ । अनुभव, स्वतन्त्रता र नेतृत्वका सिद्धान्तहरूलाई समेट्ने महालेखापरीक्षककोनियुक्तिको हामी उत्सुकतापूर्वक अपेक्षा गर्दछौँ ।

युएसएआईडी महालेखापरीक्षक सहयोग परियोजनामार्फत युएसएआईडी/नेपाल र अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फरअडिट एक्सलेन्सले नेपालको शासनमा पारदर्शिता, जवाफदेहिता र निष्ठाकाउच्चतम मापदण्डहरूलाई कायम राख्ने कार्यमा महालेखापरीक्षककोकार्यालय, नेपालको क्षमतालाई बलियो बनाउने लक्ष्य राखेका छन् ।अमेरिकी सरकारको जवाफदेहितासम्बन्धी कार्यालय, सेन्टर फर अडिटएक्सलेन्सको विज्ञताको उपयोग गरेर र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूकोपालना गरेर यस सहकार्यले नेपालमा सुशासनलाई अगाडि बढाउन महत्त्वपूर्णभूमिका खेल्नेछ ।

काउन्सेलर ह्वाइट नेपालको तीन दिने भ्रमणमा हुनुहुन्छ । भ्रमणको क्रममाउहाँले नेपाल सरकार, नागरिक समाजका अगुवा, सामुदायिक समूह, विद्यार्थीर व्यवसायीसँग भेटघाट गर्नुहुनेछ र हाम्रो दशकौँ लामो मित्रतालाई बलियो बनाउने क्रममा अमेरिका र नेपालबिचको जारी सहकार्य तथा साझेदारीबारे छलफल गर्नुहुनेछ ।

###