Flag

An official website of the United States government

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको मधेस प्रदेशमा शुभारम्भ
26 MINUTE READ
मार्च 31, 2023

जनकपुर, नेपालनेपालका लागि अमेरिकी राजदूत डिन थम्पसन युएसएआईडीनेपालकी प्रमुख सेपिडे केभान्शाडले आज मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव सँग संयुक्त रूपमा युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापको शुभारम्भ गर्नुभएको   दुई करोड अमेरिकी डलर (करिब अर्ब ६२ करोड रुपैयाँ) बजेटसहितको उक्त पाँचवर्षे कार्यक्रमले नेपालका मधेस लुम्बिनी प्रदेशहरूमा सङ्घीय, प्रादेशिक स्थानीय तहका सरकारको सार्वजनिक वित्तीय व्यवस्थापनलाई सुदृढ बनाउनेछ

यस क्रियाकलापमार्फत युएसएआईडी नेपाल सरकारले राष्‍ट्रिय सार्वजनिक वित्तीय व्यवस्थापनसँग सम्बन्धित संस्था प्रणालीहरूलाई सुदृढ उन्नत बनाउन साझेदारी गर्नेछन् उक्त कार्यक्रममा स्थानीय सरकारका मेयर उपमेयरहरूसहित मधेस प्रदेश सरकारका मन्त्री तथा सचिवहरूको उपस्थिति थियो

कार्यक्रममा अमेरिकी राजदूत डिन थम्पसनले भन्नुभयो, “लोकतन्त्र तब फस्टाउँछ जब नेताहरू नागरिकप्रति उत्तरदायी हुन्छन् नागरिकले आफ्ना नेताहरूको ध्येय सीमा बुझ्छन् पारदर्शिता समुदायको पैसाको सङ्कलन, लगानी खर्च कसरी हुन्छ भन्ने बुझाइ लोकतान्त्रिक समाजको दुरुस्त सञ्चालनमा महत्त्वपूर्ण हुन्छ

त्यसै गरी, युएसएआईडीनेपालकी प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो, “हामी पालिकाहरूले आफ्ना बजेटमा महिलाका आवश्यकताहरूलाई प्राथमिकतामा राखुन् भन्ने चाहन्छौँ यसमा महिलाहरूको सीपमूलक तालिम, व्यवसायका अवसरहरू किशोरी तथा आमाहरूका निम्ति शिक्षा स्वास्थ्य कार्यक्रमहरू पर्दछन् उहाँले मधेस प्रदेशका अधिकारीहरू युएसएआईडीबिचको सहकार्य साझेदारीमाथि प्रकाश पार्नुका साथै उपर्युक्त क्रियाकलापको सहनिर्माणमा मुख्यमन्त्री, प्रमुख सचिव अर्थ सचिवको सहयोग प्रतिबद्धताप्रति सम्मान पनि व्यक्त गर्नुभयो

युएसएआईडी सार्वजनिक वित्तीय व्यवस्थापन क्रियाकलापले प्रदेश सरकारका प्राथमिकताहरू पहिल्याउन प्रान्तीय सरोकारवालाहरूसँग गरिएका परामर्शको शृङ्खलाको समापनको इङ्गित गर्दछ तीनै तहका सरकारका सम्बन्धित सरोकारवालाहरूले उक्त क्रियाकलापअन्तर्गत पहिलो वर्ष चालिने कदमहरूबारे छलफल गरेका थिए, जसले बजेटमा लैङ्गिक उत्तरदायित्वलाई समाहित गर्नेछन् अझ बढी समावेशी समतामूलक समाजमा योगदान पुर्‍याउनेछन्

अमेरिका नेपालका सरकारहरूबिचको यो संयुक्त क्रियाकलाप हाम्रा दुई देशबिचको ७५ वर्षभन्दा बढीको मित्रतामा आधारित यसले महिला अन्य सीमान्तकृत समुदायहरूको समावेशीकरणमा केन्द्रित हुँदै वित्तीय सङ्घीयतालाई जनताको पक्षमा काम गर्ने बनाउन नेपाललाई सहयोग पुर्‍याउनेछ

नेपालमा यो क्रियाकलापको कार्यान्वयन निजी क्षेत्रका कम्पनीहरू डेलोइट  डब्लुएसपी  ले जर्जिया स्टेट युनिभर्सिटी  नीति फाउन्डेसनसँग मिलेर गर्नेछन्

###