पारिवारिक आप्रवासन

परिवारमा आधारित आप्रवासी भिसा वर्गहरूका दुई समूह, १) निकटतम नातेदार तथा २) पारिवारिक ग्राह्यता, ’bout अमेरिकी अध्यागमन कानुन र विशेष गरी अध्यागमन तथा राष्ट्रियतासम्बन्धी ऐन (INA) अन्तर्गतका प्रावधानमा व्यवस्था गरिएका छन् । आप्रवासी भिसाका यी दुई वर्ग’bout तपाईँले usvisas.state.gov मा थप बुझ्न सक्नुहुन्छ ।

निकटतम नातेदार तथा पारिवारिक ग्राह्यता भिसाका लागि आवेदन गर्न usvisas.state.gov मा भएको Immigrant Visa Process पृष्ठमा उल्लिखित कदम चाल्नुहोस् । यी कदम पुरा गरिसकेपछि थप मार्गदर्शन र निर्देशनका लागि यस वेबसाइटमा प्रस्तुत जानकारीका साथै National Visa Center (NVC) बाट तपाईँलाई दिइएका निर्देशन हेर्नुहोस् ।

अमेरिकी नागरिक वा वैध स्थायी बासिन्दासँग तल उल्लेख गरिए अनुरूप आवश्यक नाता भएमा मात्र निकटतम नातेदार तथा पारिवारिक ग्राह्यता वर्गमध्ये कुनैमा आप्रवास गर्न चाहने व्यक्ति आप्रवासी हैसियतका लागि योग्य हुनेछ । हजुरबुवा वा हजुरआमा; आमाबाबुका दाजुभाइ वा दिदीबहिनी; सासू-ससुरा वा तिनका नातेदार; र आमाबाबुका दाजुभाइ दिदीबहिनीका छोराछोरी (cousins) ले आप्रवासनका लागि नातेदारलाई प्रायोजन (sponsor) गर्न पाउँदैनन् ।

अमेरिकामा आप्रवास गर्न चाहने तल उल्लिखित नातेदारहरूसँगको नाता स्थापित गर्नका लागि अमेरिकी नागरिक तथा वैध स्थायी बासिन्दाले अमेरिकी नागरिकता तथा अध्यागमन सेवा निकाय (USCIS) मा    I-130 फारम बुझाउन सक्छन् :

अमेरिकी नागरिकहरू वैध स्थायी बासिन्दाहरू
श्रीमान् / श्रीमती श्रीमान् / श्रीमती
उमेर २१ वर्षमुनिका अविवाहित सन्तान उमेर २१ वर्षमुनिका अविवाहित सन्तान
उमेर २१ वर्ष वा त्यसमाथिका अविवाहित छोरा वा छोरी उमेर २१ वर्ष वा त्यसमाथिका अविवाहित छोरा वा छोरी
कुनै पनि उमेरका विवाहित छोरा वा छोरी  
दाजुभाइ वा दिदीबहिनी (अमेरिकी नागरिकको उमेर २१ वा माथिको हुनुपर्छ)  
आमा वा बुवा (अमेरिकी नागरिकको उमेर २१ वा माथिको हुनुपर्छ)  

 

अमेरिकामा शरण वा शरणार्थीको दर्जा प्रदान गरिएको व्यक्तिले पनि Follow-to-Join दरखास्तमार्फत आफ्नो श्रीमान् वा श्रीमती र/अथवा अविवाहित सन्तानलाई अमेरिकामा झिकाउन आवेदन दिन योग्य हुन सक्छन् । यस प्रक्रिया’bout जानकारीका लागि travel.state.gov मा Follow-to-Join पृष्ठ हेर्नुहोला ।