An official website of the United States government
Official websites use .gov
A .gov website belongs to an official government organization in the United States.
Secure .gov websites use HTTPS
A lock (
) or https:// means you’ve safely connected to the .gov website. Share sensitive information only on official, secure websites.
वर्तमान समयमा काठमाडौँस्थित अमेरिकी दूतावास नियमित भिसा सेवाका लागि बन्द छ । दूतावास आपतकालीन केसहरू र अन्तर्वार्ताको जरुरत नपर्ने सीमित सङ्ख्याका भिसा केसहरूमाथि मात्र प्रक्रिया चलाउन समर्थ छ
अमेरिका प्रवेश गर्न चाहने विदेशी नागरिकले सामान्यतया सुरुमा भिसा प्राप्त गर्नुपर्छ । भिसा यात्रुको राहदानीमा जारी गरिन्छ । राहदानी यात्रुको नागरिकता भएको देशबाट जारी गरिने भ्रमण कागजात हो । भिसारहित यात्राका अनिवार्यता पूरा गरेको खण्डमा निश्चित केही अन्तर्राष्ट्रिय यात्रुहरू भिसा बिनै अमेरिकाको यात्रा गर्न योग्य हुन सक्छन् । यस वेबसाइटको भिसासम्बन्धी खण्ड अमेरिका जान चाहने विदेशी नागरिकका लागि अमेरिकी भिसासँग सम्बन्धित छ । (द्रष्टव्य : अमेरिकी नागरिकलाई भ्रमणका लागि अमेरिकी भिसा चाहिँदैन तर विदेश जाने सोच बनाएका अमेरिकी नागरिकका लागि आफूले जान चाहेको देशको दूतावासद्वारा जारी भिसा आवश्यक हुनसक्छ ।)
अस्थायी कामदारका अधिकार र संरक्षणहरू
तलको लिङ्कमा राखिएको पर्चाले निश्चित रोजगारी तथा शिक्षामा आधारित वर्गहरूमा गैरआप्रवासी भिसा वाहकका रूपमा तपाईँका अधिकारहरूसम्बन्धी जानकारी प्रदान गर्दछ ।
आप्रवासी भिसा आवेदकका अधिकार र संरक्षणहरू
तलको लिङ्कमा राखिएको पर्चाले K-1 भिसा, K-3, IR-1/CR-1 आप्रवासी भिसा र F2A आप्रवासी भिसाका लागि आवेदन दिने आवेदकहरूलाई घरेलु हिंसा, यौनिक हमला र बाल दुर्व्यवहारसँग सम्बन्धित उनीहरूका कानुनी अधिकारहरूसम्बन्धी जानकारी प्रदान गर्दछ ।
Official Visit the USA Website
विश्वभरिका मानिसहरूलाई संयुक्त राज्य अमेरिकामा रहेका सम्पूर्ण उत्साहपूर्ण भ्रमण अवसरका बारेमा थाहा पाउन प्रेरित गर्नु हाम्रो लक्ष्य हो ।
सुन्दर तस्बिर, विस्तृत स्थलगत विवरण र वास्तविक भ्रमण अनुभूति समेटिएका १८० पृष्ठहरू हेर्नुहोस् ।
आफूलाई अनुकूल हुने यात्रा सिर्जना गर्नुहोस्
तपाईँको गन्तव्य वा भ्रमण शैली जस्तोसुकै भए पनि आफ्ना लागि सही किसिमको व्यक्तिगत, दैनिक भ्रमण तालिका बनाउनुहोस् ।
अमेरिका भ्रमणसम्बन्धी भिडियोहरू हेर्नुहोस्
विविधतायुक्त गन्तव्य र उत्साहजनक भ्रमण अनुभवका बारेमा जान्नका लागि हाम्रा भिडियोहरू हेर्नुहोस् । तिनीहरू सबै तपाईँको पहुँचभित्र छन् ।
विश्वभरिका मानिसहरूलाई संयुक्त राज्य अमेरिकामा रहेका सम्पूर्ण उत्साहपूर्ण भ्रमण अवसरका बारेमा थाहा पाउन प्रेरित गर्नु हाम्रो लक्ष्य हो ।
कृपया कल गर्नुहोस्: 01-4234000
कार्यालय समयबाहेकमा, सम्पर्क गर्नुहोस्: 01-4234000
नेपालबाहिर: +977-1-4234000
आपतकालीन सम्पर्क - सबै स्थानहरू STEP मा नामाङ्कन गर्ने अन्तर्राष्ट्रिय बाल अपहरण अमेरिकी नागरिकको गिरफ्तारी अमेरिकी नागरिकको मृत्यु अपराध पीडित आकस्मिक आर्थिक सहायता