Flag

An official website of the United States government

नेपालमा स्वयंसेवा
2 MINUTE READ
मे 29, 2021

नेपाल आउने कतिपय अमेरिकी नागरिक यहाँका पिछडिएका वर्ग र बालबालिकाको हितका लागि कुनै अनाथालय वा अन्य संस्थामा काम गर्न इच्छुक हुन्छन् । कोही चाहिँ नगद वा सामग्रीहरू दिएर सहयोग गर्न चाहन्छन् । यो प्रशंसनीय प्रयास हो । तर धेरै यस्ता स्वयंसेवा वा सहयोग ती अनाथालय वा बालगृहहरूमा गरिन्छन्, जो वास्तवमा परोपकारका लागि खोलिएका हुँदैनन् । दूतावासले यस’bout सूचनाहरू पाएको छ, जसलाई हामीले गम्भीरतापूर्वक लिएका छौं । ती अनाथालय वास्तवमा नाफा कमाउनका लागि खोलिएका संस्थाहरू हुन सक्छन्, जसको उद्देश्य विदेशबाट पैसा ल्याउने वा स्वयंसेवीहरूबाट दान लिने मात्र हुन्छ । ती अनाथालयमा राखिने अधिकांश बालबालिका अनाथ हुँदैनन् । त्यस्ता संस्थामा स्वयंसेवा गर्नु भनेको अप्रत्यक्ष रूपमा बालशोषणलाई सघाउनु हो ।

नेपालमा स्वयंसेवा गर्न इच्छुक व्यक्तिहरूले यहाँ क्रियाशील एक अमेरिकी गैरसरकारी संस्थाले हालै प्रकाशित गरेको ‘इथिकल भोलुन्टियरिङ’ सम्बन्धी रिपोर्ट हेर्नुहोला : http://www.nextgenerationnepal.org/Ethical_Volunteering

नेपालमा काम गरेको लामै अनुभव भइसकेका व्यक्तिहरूलाई पनि कुन संस्था असल उद्देश्यले स्वयंसेवा गर्न उपयुक्त हुनेगरी खोलिएको हो र कुन नाफा मात्र कमाउने अभिप्रायले खोलिएको हो, छुट्याउन गाह्रो पर्छ । अनाथालय र बालगृहहरूको वैधानिकता जाँच गर्न नेपालको केन्द्रीय बालकल्याण समितिले सहयोग गर्नसक्छ र तिनीहरू विरुद्ध कुनै गुनासो भए त्यसउपर पनि कार्यवाही गर्छ । यसका लागि समितिमा श्री नमुना भुसाललाई फोन (+977-9851139474) अथवा ईमेल (namuna@ccwb.gov.np) मार्फत सीधै सम्पर्क गर्न सक्नुहुनेछ ।

कृपया ध्यान दिनुहोला, बालकल्याण समिति वा नेपाल सरकारसँग सबै गैरनाफामूलक संस्थाहरूको अनुगमन र नियन्त्रण गर्नसक्ने पर्याप्त क्षमता छैन । तपाईंलाई कुनै संस्थाको ’boutमा केही शङ्का छ भने अन्य स्थापित राष्ट्रिय वा अन्तर्राष्ट्रिय संस्थामार्फत सहयोग गर्नु उचित हुनेछ ताकि तपाईंको पैसा र समय अन्जानमै बालशोषणलाई टेवा पुर्‍याउने काममा खर्च नहोस् । विदेशमा स्वयंसेवा गर्नेसम्बन्धमा उत्कृष्ट अभ्यासहरू ’bout जानकारीका लागि अमेरिकी विदेश मन्त्रालयको वेबसाइट  http://travel.state.gov को पेज हेर्नुहोला : https://travel.state.gov/content/passports/en/go/volunteer.html