Nepali Students Studying in the United States Increases by Over 18 Percent

November 14, 2016

The 2016 Open Doors Report on International Educational Exchange, released today, finds that the number of Nepali students in U.S. colleges and universities jumped by 18.4% in the past year. This increase comes after six years of decline in the number of students going to the U.S. for higher education — almost 30% decrease since 2009. In addition, for the first time, the number of international students at U.S. colleges and universities surpassed one million during the 2015-16 academic year—an increase of seven percent from the previous year.

With 9,662 students enrolled for the academic year, Nepalis are one of the fastest growing student communities in the United States. U.S. universities and colleges hosted a new high of nearly 1,044,000 international students enrolled in the past year, representing five percent of the total student population.

As part of International Education Week, the U.S. Embassy hosted an Education Fair at the Yak and Yeti Hotel on Monday, November 14th.  Students met with representatives from 20 U.S. Higher Education Institututions throughout the day. U.S. Embassy consular officers also shared information about how students can be better prepared, make active choices about their education based upon independent and unbiased research, and avoid the trap of unnecessary and expensive educational consultancies.  For more information on studying in the U.S. visit:  http://www.usefnepal.org.

The release of the new Open Doors data marks the celebration of International Education Week, a joint initiative of the U.S. Department of State and the U.S. Department of Education, which is designed to attract future leaders from other countries to study, learn, and exchange experiences in the United States.  For more data, infographics and resources on the 2016 Open Doors Report on International Educational Exchange, visit http://www.iie.org/ Open-Doors.

###

२०७३ कार्तिक २९

अमेरिका पढ्न जाने नेपाली विद्यार्थीको संख्यामा १८ प्रतिशत बृद्धि

२०१६ को अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानबारे आज जारी गरेको ओपेन डोर प्रतिवेदनका अनुसार अमेरिकी कलेज तथा विश्वविद्यालयमा पढ्ने नेपाली विद्यार्थीको संख्यामा अघिल्लो बर्षभन्दा १८.४% ले बृद्धि भएको छ । अमेरिकामा उच्च शिक्षा प्राप्त गर्ने विद्यार्थीहरुको संख्यामा लगातार ६ बर्षको गिरावट — सन् २००९ देखी ३०% ले कमी — पछि यो बृद्धि आएको हो। त्यसैगरी, पहिलो पटक, सन् २०१५-१६ को शैक्षिक सत्रमा अमेरिकामा पढ्ने अन्तर्राष्ट्रिय विद्यार्थीको संख्या १० लाखले नाघेको छ । यो अघिल्लो वर्षभन्दा ७%ले बृद्धि हो।

यो शैक्षिक सत्रमा ९,६६२ विद्यार्थी भर्ना भएसँगै नेपाली विद्यार्थी समुदाय अमेरिकामा सबैभन्दा छिटो बढ्ने विद्यार्थी समुदायमध्ये एक बनेको छ। साथै, अघिल्लो वर्ष अमेरिकी विश्वविद्यालय तथा कलेजले १,०४४,००० अन्तर्राष्ट्रिय विद्यार्थी भर्नाको नयाँ उचाइ प्राप्त गरेको थियो, जुन सम्पूर्ण विद्यार्थी संख्याको ५% हो ।

अन्तर्राष्ट्रिय शैक्षिक सप्ताहको लागि, अमेरिकी दूतावासले याक एन्ड यती होटेलमा आज, सोमबार, कार्तिक २९ गते एउटा शैक्षिक मेलाको आयोजना गर्‍यो। विद्यार्थीहरुले २० वटा अमेरिकाको उच्च शैक्षिक संस्थाहरुका प्रतिनिधिहरुसँग भेट्ने मौका पाएका थिए। अमेरिकी दूतावासका कन्सुलर अधिकारीहरुले पनि विद्यार्थीहरुलाई कसरी राम्रो तयारी गर्ने, पढाईबारे स्वतन्त्र र निष्पक्ष अनुसन्धानमा आधारित सक्रिय छनौट गर्ने र, महंगा र अनावश्यक शैक्षिक कन्सलटेन्सीहरुको पासोबाट जोगिने बारेमा जानकारी दिनुभयो। थप जानकारीका लागि यो लिङ्कमा क्लिक गर्नुहोला:  http://www.usefnepal.org/

ओपेन डोर तथ्याङ्कको प्रकाशनसँगै संसारका अन्य देशहरुबाट नेतृत्वदायी क्षमता भएका विद्यार्थीहरुलाई अमेरिकामा पढ्न, सिक्न र अनुभव आदनप्रदान गर्न आकर्षित गर्ने हेतुले अन्तर्राष्ट्रिय शैक्षिक सप्ताह मनाइन्छ, जुन अमेरिकी विदेश तथा शिक्षा मन्त्रालयको सामूहिक अभियान हो । अन्तर्राष्ट्रिय शैक्षिक आदनप्रदानमा आधारित ओपेन डोर प्रतिवेदनको बारेमा र अन्य धेरै तथ्याङ्क र श्रोतहरुको लागि यो लिङ्कमा क्लिक गर्नुहोला: http://www.iie.org/ Open-Doors

###