President Trump’s Message on Nepal’s Constitution Day

September 15, 2017

Dear Madam President:

On behalf of all Americans, congratulations as you celebrate Constitution Day on September 19th.  This is a great day for your country, and the people of the United States welcome this celebration of your democracy.

Since you last recognized this important day, Nepal has achieved important progress.  You have accelerated earthquake reconstruction and begun to revive the livelihoods of hundreds of thousands of your citizens.  Your economy has improved remarkably and is poised for future growth.  Most importantly, you have held the first local elections in 20 years – a significant milestone for your democratic government.

I thank you for your commitment to our shared principles and reiterate our support for Nepal’s continuing progress toward peace and prosperity.

Again, best wishes to you, your family, and all Nepalis on this important day.

Sincerely,
Donald J. Trump
September 14, 2017

###

नेपालको संविधान दिवसको अवसरमा राष्ट्रपति ट्रम्पको संदेश

२०७४ भदौ ३०

प्रिय राष्ट्रपतिज्यू :

यहाँहरूले असोज ३ गते संविधान दिवस मनाउँदै गर्दा सबै अमेरिकी नागरिकहरूको तर्फबाट तपाईँलाई बधाई छ । यो दिन तपाईँको देशको लागि एक महान् दिन हो र संयुक्त राज्य अमेरिकाका नागरिकहरू तपाईँहरूको लोकतन्त्रको यस उत्सवलाई स्वागत गर्न चाहन्छन् ।

गत साल तपाईँहरूले यस महत्त्वपूर्ण दिन मनाएयता नेपालले महत्त्वपूर्ण प्रगति हासिल गरेको छ । भूकम्पपछिको पुनर्निर्माणले तीव्रता पाएको छ भने लाखौँ नेपाली नागरिकहरूको जीविकोपार्जनको अवस्थामा पनि सुधार हुन थालेको छ । तपाईँहरूको अर्थतन्त्रमा उल्लेखनीय सुधार आएको छ । साथै, तपाईँहरूको अर्थतन्त्र भावी वृद्धिका लागि तयार अवस्थामा बसेको छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त तपाईँहरूले २० वर्षमा पहिलो पटक स्थानीय तहको निर्वाचन सम्पन्न गर्नुभएको छ, जुन तपाईँहरूको लोकतान्त्रिक सरकारका लागि उल्लेखनीय कोसेढुङ्गा हो ।

हाम्रा साझा सिद्धान्तहरूप्रतिको तपाईँको प्रतिबद्धताका लागि धन्यवाद दिँदै शान्ति र समृद्धिको दिशामा नपालको जारी प्रगतिप्रतिको हाम्रो सहयोग कायमै रहेको कुरा दोहोर्‍याउन चाहन्छु ।

फेरि पनि यस महत्त्वपूर्ण दिनमा म तपाईँ, तपाईँको परिवार र सारा नेपालीलाई शुभकामना दिन चाहन्छु ।

भवदीय,
डोनाल्ड जे. ट्रम्प

###