U.S. Government Launches New Strategy to Improve Food Security and Nutrition with Government of Nepal

November 17, 2017

KATHMANDU– The U.S. Government launched a five-year Global Food Security Strategy (GFSS) to boost agricultural productivity and improve nutrition in Nepal, in partnership with Nepal’s Ministry of Agricultural Development and Ministry of Health. The strategy builds on the U.S. Government’s ongoing Feed the Future initiative and will support the Government of Nepal’s Agriculture Development Strategy and Multi-sector Nutrition Plan. Nepal is one of only 12 countries worldwide selected by the U.S. Government to implement this strategy.

Over the past five years, the U.S. Government’s Feed the Future initiative in Nepal helped an estimated one million Nepalis increase income through improved agricultural productivity and enhanced nutrition. As a result, poverty dropped by 36 percent between 2013 and 2015, stunting decreased from 49 percent to 36 percent from 2006 to 2016 and average farmer sales increased from $250 per year to an estimated $700 per year in the 24 south-western and central districts where the U.S. program has been implemented.

“The new strategy emphasizes investments throughout the agriculture value chain to better connect producers to markets, which will improve access to safe, high-quality food and generate income and job opportunities, particularly among youth,” said U.S. Embassy Chargé d’Affaires Michael C. Gonzales.

Over the next five years, the GFSS will forge new partnerships and greater collaboration among government, donors, businesses, and civil society to accelerate growth and employment in Nepal’s agriculture sector while enhancing nutrition.

###

२०७४ मङ्‌सिर १

कृषि उत्पादन तथा पोषणको सुधारका लागि नेपाल सरकारसँगको साझेदारीमा अमेरिकी सरकारद्वारा नयाँ रणनीति सार्वजनिक

काठमाडौँ – नेपालको कृषि विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयसँग साझेदारी गर्दै यहाँको कृषि उत्पादन तथा पोषणको स्थितिमा सुधार ल्याउने उद्देश्यका साथ अमेरिकी सरकारले विश्‍व खाद्य सुरक्षासम्बन्धी पञ्‍चवर्षीय रणनीति (ग्लोबल फुड सेक्‍युरिटी स्ट्राटेजी) सार्वजनिक गरेको छ । अमेरिकी सरकारको चालु फिड त फ्‍युचर कार्यक्रमको थप हिस्साको रूपमा रहेको उक्त रणनीतिले नेपाल सरकारको कृषि विकास रणनीति तथा बहुक्षेत्रीय पोषण योजनालाई सघाउनेछ । यस रणनीतिको कार्यान्वयनका लागि अमेरिकी सरकारले विश्‍वभर छनोट गरेका १२ मात्र देशमध्ये नेपाल पनि एक हो ।

विगत पाँच वर्षमा अमेरिकी सरकारको फिड त फ्‍युचर कार्यक्रमले नेपालमा कृषि उत्पादन तथा पोषणको स्थितिमा सुधार गर्दै झन्डै १० लाख नेपालीको आय वृद्धिमा सहयोग गरेको छ । फलत: सो अमेरिकी कार्यक्रम सञ्‍चालन गरिएका दक्षिण पश्‍चिम तथा मध्य क्षेत्रका २४ जिल्लामा सन् २०१३ देखि २०१५ बीच गरिबीमा ३६ प्रतिशत ह्रास आएको छ, सन् २००६ मा ४९ प्रतिशत रहेको पुड्कोपन २०१६ मा ३६ प्रतिशतमा झरेको छ र कृषकको औसत विक्री प्रति वर्ष २५० अमेरिकी डलरबाट वृद्धि भई अन्दाजी ७०० डलर पुगेको छ ।

“उत्पादकलाई बजारसँग अझै राम्ररी जोड्नका लागि कृषिको भ्यालु चेनभरि नै लगानी गर्नुपर्छ भन्ने कुरामाथि यस नयाँ रणनीतिले जोड दिएको छ,” कार्यवाहक अमेरिकी राजदूत माइकल गोन्जालेसले भन्नुभयो । “यसले गर्दा सुरक्षित तथा गुणस्तरीय खाद्यान्नमाथिको पहुँचमा सुधार हुनेछ र खास गरी युवाका लागि आयआर्जन र रोजगारका अवसरहरू सिर्जना हुनेछन् ।”

पोषणको अवस्थामा सुधार गर्दै नेपालको कृषि क्षेत्रमा वृद्धि र रोजगारलाई गति दिनका लागि आगामी पाँच वर्षभर यस रणनीतिले सरकार, दातृ निकाय, व्यवसाय र नागरिक समाजसँग नयाँ साझेदारी विकास गर्दै तिनीहरूसँगको सहकार्यलाई मजबुत बनाउनेछ ।

###